ब्राजिलमा जारी २० औं विश्वकप फुटबलको फाइनल खेल इटालियन रेफ्री निकोल रिजोलीले खेलाउने भएका छन्।
जर्मनी र अर्जेन्टिनाबीच आज राती हुने फाइनलमा युरोपेली र दक्षिण अमेरिकी टोलीबीच उपाधि भिडन्त हुँदैछ।
जारी विश्वकपमा रिजोलीले अर्जेन्टिनाको खेल खेलाउन लागेको यो तेस्रोपटक हो।
फाइनल खेललाई निष्पक्ष र विवादरहित बनाउन म सक्दो प्रयास गर्नेछु।' 'फिफाले फाइनलका लागि छानेका रिजोलीले भने'।
पछिल्ला चार विश्वकपयता फाइनल खेलाउने उनी दोस्रो इटालियन रेफ्री हुन्। यसअघि सन् २००२ को विश्वकपको फाइनल खेल इटालीका चर्चित रेफ्री पेरलुइगी कोलिनाले खेलाएका थिए।