विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजाना खेलाडीलाई फिफाले सुनको भकुण्डो (गोल्डेन बल) दिन्छ। त्यसका लागि फिफाले १० जाना खेलाडीको नाम मनोनयन गरेको छ।
त्यसमा जर्मनीका चार, अर्जेन्टिनाका तीन, नेदरल्याण्ड, कोलम्बिया र ब्राजिलका एक एक खेलाडी छन्।
आज मध्यराती हुने फाइनलको खेलप्रदर्शनलको समेत गणना गरि गोल्डेन बलको निधो हुन्छ। जर्मनीका ह्युमेल्स, लाहम, क्रुस र मुलर मनोनयनमा छन्। अर्जेन्टिनाबाट मारिया, मास्केरानो र मेसी गोल्डेन बलको प्रतिष्पर्धामा छन्।
नेदरल्याण्डका रोबेन, ब्राजिलका नेयमानर र कोलम्बियाका रोड्रिग्वेज पनि दशभित्र छन्।
मनोनयनमा दश जना परेपनि जर्मनी वा अर्जेन्टिनाका 'स्टार'हरुले गोल्डेन बल पाउने सम्भावना बढि छ। मनोनयमा परेका खेलाडी मध्ये जुन खेलाडीको निर्णायक खेलले टिम विजयी हुन्छ उसले गोल्डेन बल पाउने निश्चित छ ।