आगामी सेप्टेम्बरमा थाईल्याण्डमा सञ्चालन हुने एएफसी यु १६ च्याम्पियनसिप २०१४ को लागि तयारी गर्न कोरिया पुगेको नेपाली युवा टोलीले स्थानीय बोन हाइस्कुल टिमसँगको मैत्रीपूर्ण खेलमा शुक्रबार बराबरी खेलेको छ।
वैदेशीक प्रशिक्षणका दक्षिण कोरियामा रहेको नेपाली यु १६ टोलीले मैत्रीपूर्ण खेलमा कोरियाको बोन हाइस्कुलसँग २–२ को बराबरी खेलेको हो।
नेपालका लागि अनन्त तामाङ र संजोक राईले गोल गरेका थिए। त्यस्तै खेल दौरान कप्तान बिमल घर्तीमगरले प्रहार गरेको पेनाल्टी प्रहार गोल हुन सकेको थिएन।