फिफा अपिल समितिले उरुग्वेयन खेलाडी सुआरेजको अपिल अस्वीकार गरेको छ।
खेलाडी सुआरेज र उरुग्वे फुटबल एसोसिएसनले गरेको अपिल फिफाले अस्वीकार गर्दै उनीमाथि गरेको कारबाही कायम नै राखेको जनाएको छ।
ब्राजिलमा जारी विश्वकपमा उनले इटालिका जर्जियो चेलिनीलाई टोकेपछि चार महिनाको प्रतिवन्धमा परेका थिए। स्वारेजको प्रतिवन्ध पुनराबलोकनका लागि फिफा अपिल समितिमा अपिल दर्ता गराएका थिए।
फिफाले अपिल कमिटिको निर्णय कायमै रहेको र उरुग्वे र फुटबल संघको पुनराबेदन खारेज भएको जनाएको छ । फिफाको यो निर्णयविरुद्ध अब लिभरपुल स्टार सुआरेजले ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टट्समा’ अपिल गर्न सक्नेछन्।
सुआरेजमाथि फिफाले नौ अन्तराष्ट्रिय खेल र चार महिनाका लागि प्रतिवन्ध लगाएको थियो। सुआरेजले जर्जियो चेलिनिसँग माफ पनि मागेका छन्।