आफ्नो मुलुक नेदरल्याण्ड विश्वकप फुटबलमा अर्जेन्टिनासँग भिड्न लाग्दा त्यहाँकी रानी भने अर्जेन्टिनाको पक्षमा उभिएकी छिन् । नेदरल्याण्डकी रानी म्याक्सीमाले आफ्नै देश छाडेर अर्जेन्टिना रोजेकी हुन् । राजा विलियम अलेक्जेन्डर भने नेदरल्याण्डकै पक्षमा छन् ।
राजा नेदरल्याण्ड र रानी अर्जेन्टिनाको समर्थनमा उभिएपछि कतिपयले रानीले यस्तो गर्न नहुने बताएका छन् ।
यसको सबैतिर चर्चा भइरहेको छ । रानी म्याक्सिामाले अर्जेन्टिना आफ्नो जन्मभूमि भएको भन्दै त्यसकै पक्षमा आफू रहेका छन् । रानी म्याक्सिमा अर्जेन्टिनाको ब्युनस आयर्समा जन्मिएकी हुन्। रानी अर्जेन्टिनाको पक्षमा उभिएपछि राजा रिसाएका अन्र्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । न्युयोर्कमा बैंकरका रूपमा कार्यरत रहँदा उनको भेट नेदरल्यान्ड्सका तत्कालीन युवराज अलेक्जेन्डरसँग भइ सन २००२ मा विवाह भएको थियो ।