हृदयाघात भइ उपचारका लागि राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको कवि तीर्थ श्रेष्ठको अवस्था खतरामुक्त छ ।
तीनवटा भल्भ ब्लक भएकोमा मेजर भल्भ एन्जियोग्राफ गरेर हिजै साँझ आठ बजे खोलेको हो। सिसियुमै उनले परिवारका सदस्यसँग कुराकानी गरिरहेको र हल्का खानेकुरा पनि खान थालेको अस्पतालमै रहेका कवि विजय वजिमयले जानकारी दिए।
आज बेलुकीसम्म क्याबिनमा लैजाने सम्भावना रहेको उनले बताए । कवि श्रेष्ठको उपचारमा डा. यादव भट्टको टोली संलग्न छ ।
उच्च रक्तचापका बिरामी श्रेष्ठलाई केही वर्षअघि ब्रेन हेमरेजसमेत भएको थियो । त्यतिबेला काठमाडौंकै अन्नपूर्ण हस्पिटलमा उपचार गरेपछि श्रेष्ठ संगीत नाट्य एकेडेमीको सदस्यसचिव पद छाडेर आफ्नो घर पोखरा नै बस्ने गरी फर्केका थिए ।
यससम्बन्धी अर्को समाचार हेर्नुहोस्