नेपाल लिट्रेचर फेस्टिभलमा शनिबारका सेसनहरुमध्ये सबै भन्दा बढि प्रतिक्षाको गरिएको सेसन थियो अभिनेता राजेशहमालको।
'छोरा भएर रुनुहुन्न रे' भन्ने शीर्षकमा लेखिका अर्चना थापाले राजेशहमालसंग कुराकानी गरेकी थिइन्।
राजेश हमालः
एउटा मनुष्य भएर जिउँदा खेरी उसले मनुस्यका जतिपनि भावनाहरु छन् ती भावनालाई सहि ढंगबाट एक्सप्रेस गर्न सक्यो र महसुस गर्न सक्यो भने मलाई लाग्छ जीवन पूर्ण र सार्थक हुन्छ।
हामी कलाकार हरु भन्छौँ कि सच्चा कलाकारले नवरसहरु पूर्णरुपमा महसुस गर्न सक्छ र एक्सप्रेस गर्न सक्छ।
जब हामीले समाजमा यस्ता 'प्रिडक्टरिन कन्सेप्ट'हरु लगाउँछौँ कि छोरमान्छेले भावना देखाउन हुँदैन, तँ छोरा मान्छे होस,दुख देखाउन हुँदैन, रुनु हुँदैन हासीहाँसी हिड्नुपर्छ हृदयमा चोट भएपनि अनुहारमा मुस्कान हुनुपर्छ। यसो भन्दा खेरी कहीँकही हामी भित्रभित्र उकुसमुकस भैराखेको हुन्छौँ। हाम्रा स्वभाविक भावनाहरुलाई बग्न दिदैनौँ।
मेरो विचारमा, मनुष्यको जिवन हो यो कहिले कहिले खुसीको भवना आउँछ कहिले दुखको भावना आउँछ त्यो भावनाहरु महसुस गर्ने व्यक्ति नै सच्चा पुरुष र सच्चा महिला हो।
दुखको बेलामा नक्कली हाँसो हासेर केही फाइदा छैन।तपाईँलाई रुन मनलाग्छ भने रुनुस।तपाईँ पनि मानिस हो। त्यो मनुष्यको गुण हो।
अहिले म जे भनिराखेको छु, त्यो आज सम्म आउँदा खेरी बुझेको कुरा हो। शायद २० वर्षमा हुँदा यी कुराहरु को प्रभाव म मा थिएन जति आज छ।
म पनि यै समाजको 'प्रोडक्ट' हो। मलाई पनि मेरा बुवा आमाले तँ छोरा मान्छे होस, लडेर पनि तँलाई दुख्छ र भन्ने प्रश्न गर्दै हुर्काएको हो। त्यसको प्रभाव परेहोला।
टिनएजमा त अझ झनै मर्दले के सोच्छ भने ओहो म जस्तो मर्दाङगी त कोही छैन। त्यो समाजको प्रेसरले पनि हुन्छ। भावनामा बग्ने,छिटो रुने मान्छे रैछ भने ह्या कस्तो स्वास्नीमान्छे जस्तो भनिदिन्छौँ। त्यसले पनि उसलाई मर्दाङ्गी देखाउनुपर्छ। बलकै कुराबाटबाट हामीले आफ्नो मर्दाङी देखाउँछौँ बुद्धिको कुरा त धेरै पछि आउँछ।
त्यसैले सुरुका दशकहरुमा म पनि त्यस्तै कुराहरुबाट निर्देशित थिएँ।ममा पनि मर्दाङगीको अत्यन्तै गलतफेमिहरु थियो। एककालखण्डमा त्यस्तो पनि थियो इमोसन दबाउनुमा मलाई गर्व लाग्थ्यो।
बुवासंगको सम्बन्धमा पनि त्यही भए होला। इमोसन प्रकट गर्न सकेको भए, परिपक्व भएको भए बुवासंग धेरै कुरा खुल्थ्यो होला। दुवैको मर्दाङगीको इगो भए होला। बुवाको आफ्नै ठाँउको इगो भएहोला म मा हुर्किँदै गर्दाको मर्दको इगो थियो होला। हामी भित्र को इगोले गर्दा पोजेटिभ भावनाहरु एक्सप्रेस हुन पाएन। तर त्यो खुलेर भन्न पाएको भए शायद दिशानिर्देश भन्ने प्रोग्राममा मैले आँखा भिजाउन पर्थेन होला।
महिलाले किन पुरुषको सरह बन्न खोज्ने ? उदाहरणको लागि बाहिर तिर , महिला कलाकारले अाफुलाई पनि एक्टर भन्छन। महिला कालाकारलाई एक्ट्रेस भन्ने चलन हुन्छ । तर धेरै महिला कलाकारले एक्टर भन्नुमा मैले कुनै दम देख्दिन। पुरुष कलाकारले एक्टर भन्दैमा महिलाले पनि त्यही भन्नुपर्ने ?कुनै प्रश्न छैन यत्तिकै त्यही सुपेरियर भयो? एक्ट्रेसमा महिलाको पहिचान छ। त्यहि क्षेत्रमा लागेको पुरुषको जस्तै उसको पनि पहिचान हो।
सबभन्दा ठूलो कुरा महिला पुरुषको फ्रिडम अफ चोइस हुनुपर्छ। यदि महिला घरकै काम गर्न चाहन्छन् भने त्यो उनीहरुले पाउनुपर्छ र बाहिर काम गर्न चाहे त्यो पनि पाउनुपर्छ। बाध्यता विना फ्रिडम एक्सरसाइज गर्छ भने त्यहाँ पनि फेमिनिट हुन्छ। पुरुषले टाइ लगायो महिलाले पनि लगाउने पुरुषले यो गरे त्यही गरौँ भन्यो भने त्यसको अन्त्य कहिँ पनि हुँदैन।
जसले हामीलाई बनाएको छ त्यसले हामीलाई भिन्नाभिन्नै बनाएको छ। अवश्य पनि समान बनाएको छैन। शारिरिक हिसाबबाट बौद्धिक हिसाब बाट भिन्नै बनाएको छ।
र अन्त्यमा म भन्छु हामीहरु सबै जना असाध्यै युनिक छौँ। तपाईहरु यहाँ जति पनि हुनुहुन्छ एक अर्कामा मेल खानुहुँदैन तर आफ्नो आफ्नो गुण छ। ट्यालेण्ट र सोचाई छ।
हमालले आफ्नो कुरा सकेपछि एकजना दर्शकले सोधेकी थिइन - राजेश दाई तपाई पछिल्लो पटक कहिले रुनुभयो कतिबेर र के कारणले रुनुभयो?
राजेशः एउटा कुरा खुलासा गर्दिउँ है, भावनाको कुरा कहिलेकाहीँ अल्लि व्यक्तिगत पनि हुन्छ।व्यक्तिगत छ भन्दैमा उसले प्रकट नगरेको भन्ने हुँदैन। म खुलासा के गर्छु भने म त्यो मर्द भएर भनेको होइन तर ह्वाँ ह्वाँ चाहिँ रुँदिन। सिनेमामा रोए होला। विभिन्न कुराहर देखेर मन रुन्छु म, आफुसंग प्रत्यक्ष सम्बन्धित भएर पनि होइन।
दर्शकको अर्को प्रश्नःमर्दाङगी पुरुषमा मात्रै हुन्छ कि महिलामा पनि ?
हामी दुवैमा दुवैको गुण हुन्छ। महिलामा पुरुषको र पुरुषमा महिलाको गुण हुन्छ त्यो विज्ञानले पनि प्रमाणीत गरेको कुरा हो। तपाईमा बढी जुन गुण हुन्छ त्यही हाम्रो प्रभावकारी गुण हुन्छ।
सामाजिक र पारिवारिक भुमिकाहरु पुरुषले मात्रै निभाउनुपर्छ भन्ने के छ? महिला पनि संयम हुन सक्छन्।
दर्शकको प्रश्न: नेपालको सन्दर्भमा पुरुष पिडित भएको अवस्था छैन? उनीहरुलाई काम गर्न बाहिर जानुपर्ने स्थति छ। कमाउन पर्ने बाध्यताले विहे पनि ढिलो गर्ने स्थिति छ। तपाईँलाई के लाग्छ?
राजेश: हेर्नोस व्यवहारीक झमेलामा नेपालका मात्रै होइन संसारको पुरुष छ र संसारकै महिला पनि छ। जिवन सजिलो छ भन्ने हुँदैन...