‘क्यापटेन अमेरिका:दि विन्टर सोल्जर’का डिरेक्टर जोडी दाजुभाइ जोए तथा रूसो एन्थोनीले ‘क्यापटेन अमेरिका ३’ दर्शकहरूका लागि अघिल्ला दुई संस्करण भन्दा फरक रोमान्चक हुने बताएका छन। उनीहरूले सिनेमा वक्सअफिसमा अघिल्लो संस्करण ‘क्यापटेन अमेरिका: दि विन्टर सोल्जर’भन्दा पनि बढि सफल हुने दाबी गरेका छन।
‘हामी अहिले सिनेमा निर्माणको क्रममा छौ। हाम्रो यो सिनेमा ‘क्यापटेन अमेरिका: दि विन्टर सोल्जर’ भन्दा कसरी पृथक र राम्रो हुन्छ भनेर सक्दो राम्रो प्रयास गरिरहेका छौ।’ क्रिश इभान स्टारर ‘क्यापटेन अमेरिका’ मे ६, सन २०१६ मा रिलिज हुनेछ।
उतर अमेरिकामा २५९.८ मिलियन डलर कमाइ गरेको ‘क्यापटेन अमेरिका:दि विन्टर सोल्जर’ले विश्वव्यापी रूपमा ७१४.३ मिलियन डलर कमाएको थियो। सिनेमा सन २०१४ मा चौथो सबैभन्दा बढी कमाउने हलिउड फिल्म बनेको थियो।