बलिउड महानायक अमिताभ बच्चन गणपति उत्सवमा सहभागी हुन आफ्नो परिवारका साथ लाल बाग पुगेका छन्।
उत्सवमा सहभागी हुन छोरा अभिषेक बच्चन तथा बुहारी ऐश्वर्या रायका साथ ७१ वर्षीय अमिताभ शनिवार लालबाग पुगेका हुन्।
उत्सवमा सहभागी भएको फोटो अमिताव बच्चनले आफ्नो फेसबुकमा पनि राखेका थिए।
अमिताभ यतिखेर टेलीभिजन रियालिटी शो 'कौन बनेगा करोड़पति-८' (केबीसी) चलाइरहेका छन्। यसैगरी शूजीत सरकारको निर्देशिनमा हुन लागेको पछिल्लो फिल्म 'पीकू' की शूटिंङमा पनि उनी ब्यस्त छन्।