एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते हुनेगरी सन् २००२ मा 'हिट एण्ड रन' मुद्दामा फसेका सलमानको फेरि पनि सुनुवाई नहुने भएको भारतीय मिडियाले जनाएका छन्|
बिहीबार बान्द्रा प्रहरीले पेश गरेको रिपोर्टको फाइल हराएपछि सुनुवाई स्थगित भएको हो।
५६ जना मूल साक्षी र तिनको बयानलाई उक्त फाइलमा समाबेश गरिएको थियो।
अब उक्त सुनुवाई आगामी सेप्टेम्बर १२मा हुने भएको छ।
यो मुद्दाका अनुसन्धानकर्ता किसान शेंगलेले उक्त फाइल वा त्यससँग सम्बन्धित तथ्यहरु फेरि जुटाउनु पर्ने भएको छ। प्रहरीका अनुसार उक्त फाइलहरु सर्वोच्च अदालतमा राखिएको थियो|
बान्द्रा प्रहरीले ती फाइलहरु सर्वोच्च अदालतमा राखिएको समयमा सुरक्षित रहेको तर २०१३ मा अन्य अदालतमा सरेपछि बेपत्ता भएको बताएको छ।