प्रसिद्ध संगीतकार गोपाल योन्जनको सम्झनामा एक सांगीतिक कार्यक्रम हुने भएको छ। आगामी भदौ १४ गते शनिबार सुन्धाराको आर्मी अफिसर्स क्लबमा ‘गोपालय’ सांगीतिक प्रस्तुती हुने जानकारी शुक्रबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा गराइएको थियो।
करिब साँढे दुई घन्टा लामो हुने उक्त प्रस्तुतिमा गोपाल योन्जनका सन् ६० देखि ७० को दशकका चर्चित गीतहरू तथा उनका अहिलेसम्म अप्रकाशित गीतहरू पनि पहिलोपटक सो कार्यक्रममा प्रस्तुत गरिनेछ। त्यसैगरी सो कार्यक्रममा पुनः रेकर्ड गरिएका योन्जनका पुराना चर्चित र अप्रकाशित २० वटा गीतहरु संकलित एल्बमको लोकार्पण पनि गरिनेछ।
कार्यक्रमा दिइएको जानकारी अनुसार उक्त सांगितिक कार्यक्रमको नेपाल टेलिभिजनबाट दिउँसो ४:३० देखि साँझ ७:०० सम्म प्रत्यक्ष प्रसारणसमेत गरिनेछ।