पूर्व हेभिवेट च्याम्पियन मुक्केबाज माइक टाइसनमाथि नयाँ बायोपिक सिनेमा बन्ने भएको छ। उक्त फिल्ममा माइकको भूमिकामा ‘ज्याङगो अनचेन्ड’को शीर्ष फेमका जेमी फक्स देखिनेछन्।
बेलायतको ‘मिरर दैनिक’ले जनाएअनुसार माइकमाथि बन्न लागेको यो सिनेमामा यसअघि ब्राड पिटको सिनेमा ‘द क्यूरियस केस अफ बेन्जामिन बटन’मा प्रयोग गरिएको सिजीआइ प्रविधि प्रयोग गरिनेछ।
बीस वर्षको उमेरमा नै वर्ल्ड च्याम्पियन मुक्केबाज बनेका माइकमाथि बन्ने सिनेमालाई ‘रेजिङ बुल’का निर्देशक मार्टिन स्कोसेजीले निर्देशन गर्ने सम्भावना छ।
उक्त सिनेमाको नाम ‘च्याम्पियन’ हुनेछ।