द ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा बनेको नेपाली चलचित्र ‘नाईके’ को डबिङ सुरू भएको छ।
आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सोमबारबाट डबिङ्ग सुरू भएको हो।
पोखराकै निर्माताहरुको लगानीमा निर्माण भएको यस चलचित्र ग्याङस्टारहरुको कथामा बनेको छ। ‘फिल्मले ग्याङस्टारका आत्मव्यथा, उसलाई हेर्ने सामाजिक नजर, देशको राजनीतिक चलखेल, भावनात्मक सम्बन्धका किस्साहरु र विभिन्न सामाजिक परिवेशहरुलाई समेटेको छ।’ फिल्मका लेखक तथा निर्देशक नेत्र गुरूङले भने, ’आर्यन सिग्देललाई यो फिल्ममा नितान्त भिन्न रुपमा प्रस्तुत गरेका छौं।’
चलचित्रमा आर्यन सिग्देल , रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की ,सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगायतको अभिनय छ।
अर्जुन तिवारीले खिचेको यस चलचित्रलाइ पोखरा र आसपासका क्षेत्रमा छायाँकन गरीएको छ । चलचित्रमा सानुकुमार महर्जनको द्धन्द निर्देशक,राप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसीको संगीत रहेको छ।