पछिल्लो समय नेपाली चलचित्रकर्मीहरू चलचित्रका कामले भन्दा पनि विभिन्न लफडाका कारण विवादित बन्न थालेका छन। केही दिन अगाडि नायिका प्रियकां कार्की चलचित्र पत्रकारसँगको विवादका कारण चर्चामा आएकी थिइन्।
मंगलबार फेरि दुई चलचित्र निर्माता लेनदेन विवादका कारण हनुमानढोका पुगेका छन्। यसरी हनुमानढोका पुग्नेमा निर्माताद्वय राजकुमार राई र प्रभु शमशेर जबरा हुन् । आफूलाई दिनुपर्ने २८ लाख रूपयाँ समयमै नदिएको भन्दै राजकुमार राईले प्रभु शमशेर जबराको आइकोर फिल्मसबाट सोमबार सामान उठाइदिएपछि उक्त प्रकरण पुलिससमक्ष पुगेको हो।
प्रभु शमशेरले ऋण असुलीको तारिका जायज नभएको भन्दै राजकुमार राईलाई नै मुद्धा हालेका छन। नेपाल चलचित्र निर्माता संघका अध्ययक्षसमेत रहेका राईलाई चर्को व्याजदरमा ऋण लगानी गर्ने आरोप लाग्दै आएको छ।