सिल्भेस्टर स्टलोनको फिल्म ‘दि एक्सपेनडेवलस्-३’ रिलिज हुनु तीन साता अगावै अनलाइनमा लिक भएको छ।
यस सिनेमाको वितरक कम्पनी लायन गेटले सिनेमा लिक भएको अस्वीकार गरेपनि चौविस घण्टामा पाइरेसी साइटबाट फिल्म १ लाख ८९ हजार पटकभन्दा बढी डाउनलोड भइसकेको ‘भेराइटी’ साप्ताहिकले जनाएको छ।
कहाँबाट फिल्म चोरी भयो भन्ने श्रोत नखुले पनि पाइरेट साइटमा यसलाई डाउनलोड गर्ने प्रयोगकर्ताहरूले उपलब्ध फिल्मको गुणस्तर राम्रो भएको प्रतिक्रिया दिएका छन्।
पाइरेसी विश्लेषण गर्ने फ्रिम ‘एक्सचिपियो’ का अनुसार सिनेमा टोरेन्ट साइटहरूमा यही जुलाई २३ बाट उपलब्ध थियो।
सन् २००९ मा पनि ‘एक्स मेन ओरिजिन: उलभरिन’ सिनेमाको रफ कट रिलिजभन्दा एक महिना अगाडि लिक भएको थियो ।