हलिउड बल्कबस्टर ‘किङकङ्ग’ फेरि पर्दामा आउने भएको छ । लिजेन्डरी पिक्चर्सले ‘कमिक-कन इनटरनेश्नल’मा दिएको जानकारी अनुसार उक्त फिल्म फेरि पर्दामा ल्याइन लागेको हो।
‘डिजिटल स्पाइ’का अनुसार ‘स्कल आइल्यान्ड’ नाम रहने यो सिनेमा सन २०१६ को १६ नोभेम्बरमा रिलिज हुनेछ।
यस अघि सन २००५ को ‘किङकाङ्’ फ्रानचाइचको लागि ‘वार्नर व्रोस’सँग सहकार्य गरेको लिजेन्डरी पिक्चर्सले यसपाली भने ‘यूनिभर्शल पिक्चर्स’लाई रोजेको छ ।
‘किङ्कङ्ग’ सिनेमा सन् १९३३मा पहिलो पटक रिलिज भएको थियो ।