आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'उत्सव'को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार कुमारी हलमा आयोजित एक कार्यक्रममाझ ट्रेलर सार्वजनिक गरिएको हो।
मित्रता र यसका उतारचढावका घटनालाई प्राथमिकता दिइ फिल्म 'उत्सव'लाई निर्माता शेखर कोइरालाले निर्माण गरेका हुन्।
आठ वर्ष अघि 'मुग्लान' बनाएका कोइरालाको यो ११ औं फिल्म हो । यही फिल्म मार्फत् शेखर कोइरालाका छोरा सन्जोग कोइराला फिल्ममा अभिनेताको रुपमा प्रवेश गर्दैछन् । शेखर कोइरालाले यसलाई पुस्ता हस्तान्तरणको रुपमा लिन आग्रह गरेका थिए।
फिल्मलाई पटकथा लेखक कुमार भट्टराईले निर्देशन गरेका हुन्। उत्सवबाट निर्माता कोईरालाका छोरा सञ्जोगले हिरोको रुपमा डेब्यू गर्दै छन् । संञ्जोग सहित सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ र मेनुका प्रधान फिल्मका मुख्य कलाकार हुन ।पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मलाई कुमार भट्टराई स्वयंले लेखेका हुन् ।
हेर्नुस् ट्रेलर