अमिताभ बच्चनले आफ्नो आगामी सिनेमा 'शमिताभ'को मूभि लुक सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन। तस्विर सार्वजनिक भएसँगै यस सिनेमा रहेको उनको लुकमाथीको सस्पेन्स सकिएको छ। आर वाल्कीको निर्देशनमा बनिरहेको यस फिल्मको फस्ट लुकमा अमिताभ लामो जुँगा दाह्रीमा देखिएका छन ।
यस सिनेमामा अमिताभसँगै राँझणा फेमका धनुष र कमल हसनकी छोरी अक्षरा देखिने छिन् । ४० करोड बजेट रहेको यस सिनेमाबाट अक्षराले आफ्नो फिल्मी करियर सुरू गर्दैछिन्। अमिताभसँग आर वाल्कीको तेस्रो सहकार्य हो। यसअघि दुईजनाले 'चिनी कम' र 'पा' मा सँगै काम गरेका थिए ।