यस्तो लाग्दैछ जेन्टल छवि बनाएकी नायिका प्रियंका कार्कीको दिनदशा आजकल बिग्रिएको छ ।
गत शनिबार बेलुकी सिड्नीमा प्रमुख अतिथि बन्नुपर्ने मान्छे पासपोर्ट हराएर हैरानी खेप्दै मलेसियाबाट काठमाडौं फर्कनुपर्यो। आज फेरि उनीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत रंग पत्रकारहरूको मानमर्दन गरेको भन्दै चलचित्र पत्रकार संघमा उजुरी परेको छ।
उनका विरूद्ध सञ्चारकर्मी जीवनकुमार पराजुलीले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्। उजुरीमा पराजुलीले नायिका प्रियंकाले नेपाली सञ्चार माध्यम तथा संचारकर्मी विशेष गरी चलचित्रलाई गाली-गलौज तथा झूटा आरोप लगाएको उल्लेख गरेका छन। सेतोपाटीसँग कुरा गर्दै प्रियंकाले आफूलाई यस बारेमा केही भन्नु छैन भनिन्। उनले भनिन्, ' यहाँ केही नबोल्नु नै बेस्ट हो।'
गत साता सिनेमा 'नाइँ नभन्नु ल-२' को सक्सेस पार्टीमा प्रियंकाको वारडोव माल्फगंसन सम्बन्धी समाचार र फोटो प्रकाशित भएको थियो। यो समाचारलाई लिएर उनले फेसबुकमा पत्रकारलाई अभद्र टिपणी पोस्ट गरेकी थिइन्। उक्त स्टाटसलाई उनले केही समयपछि इडिट गरेर पछि डिलिट गरेकी थिइन्। उनले पोस्ट गरेको स्टाटस तल छ।
केही समय पहिले पनि नायिका सुमिना घिमिरेले रंग पत्रकार विजय आवाजलाई ज्यान मार्ने धम्की दिइएको फोनटेप सार्वजनिक भएको थियो। उक्त प्रकरण सुमिनाले माफी मागेपछि साम्य भएको थियो ।
यस्तो थियो प्रियंकाको फेसबुक स्टाटस