सम्झनामा वैशाख ११!

  • Get News Alerts

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि त्यसको विरोधमा राजनीतिक दल तथा सर्वसाधारण सडकमा उत्रिएका थिए।

दिनहुँ जस्तो हुने आन्दोलन, धर्ना जस्ता कार्यक्रमहरू भईरहेका थिए। तर, बैशाख ११ को त्यो दिन जुन मेरा मानस पटलमा सधै आईरहन्छ।

सधैजसो भक्तपुरदेखि काठमाडौंसम्म आन्दोलनमा सहभागी हुन म पनि अरनिको राजमार्ग हुँदै आएका हजारौको संख्यामा मिसिन आउथेँ। त्यो मध्ये मेरा हातमा क्यामरा थियो अरूकोमा झन्डा, लाठी र स्याउला थिए। केही मानिस भक्तपुर नगर जम्मा भएर सल्लाघारी आउथे त केही सुर्यविनाएक हुँदै सल्लाघारी आउने र दुई ठाउँको जुलुस एकै भएर काठमाडौं आउथ्यौ।

सडकमा जता ततै सुरक्षा कर्मीलाई बाटो छेक्ने भन्दै बिभिन्न तरिकाले अवरोध गरिएको हुन्थ्यो। यता आन्दोलमा सहभागी भएका सर्वसाधारणलाई भने ठाउँ ठाउँमा पानी तथा सर्वत राखिएको हुन्थ्यो। जसले गर्दा आन्दोलनमा सहभागी भएकालाई उर्जा मिल्थ्यो।

जब सल्लाघारीदेखि अघि बढेको जुलुस कोटेश्वरतर्फ बढ्थ्यो तब मानिसहरुको संख्या ठाउँठाउँबाट थपिदै जान्थ्यो।

आन्दोलनमा सहभागी हुन नसक्नेहरु आन्दोलमा सहभागी भएकाहरुलाई ताली बजाएर स्वागत गर्ने गर्दै थिए।

दैनिक जसो काठमाडौं आवत जावत गर्दा आउन त त्यती गाह्रो हुदैनथियो, तर फर्कदा भने कहिले काही साथीहरू छुट्दा गाह्रो हुन्थ्यो। जाँदा सँगै जाने तर, फर्कँदा सँगै हुँदैन थियो।

आन्दोलनमा सहभागी हुँदा दैनिकजसो सुरक्षाकर्मीहरु दोहोरो झडप भएकै हुन्थ्यो। त्यसबेला कति साथीहरू खुट्टाको जुत्ता छाडेर भाग्थे। घर फर्कदा निकै गाह्रो हुन्थ्यो।

आन्दोलन एक दिन त ठ्याक्कै याद भएन, रत्नपार्कबाट जुलुस अघि बढेर भद्रकाली चोकतर्फ गईरहेको थियो। भद्रकाली तर्फ बढ्दै गर्दा जब पुरानो बसपार्क अघि पुगेको थियो सुरक्षाकर्मीले अचानक जुलुसमा लाठी र अश्रुग्यास प्रहार गर्‍यो। त्यो बेला जुलुस तितर वितर मात्र भएन दर्जनौ आन्दोलनकारी घाईते भए।

भागदैाडका क्रममा सयौं मानिसका जुत्ताचप्पलहरू सडकमा थिए। प्रहरीको आक्रमण पश्चात भाग्ने क्रममा भाग्दा मेरो पनि जुत्ता खुस्किएको थाहै भएन। पछि जुत्ता खोज्न जादा कहाँ भेट्नु। जुत्ता विना घर जान पनि सम्भव भएन।

अनी पसल खोज्दै चप्पल किनेर घर तर्फ लागेको घटना अगाडि आउँछ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज ९ वर्ष पूरा भएको छ। विसं २०६२/६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भयो।

नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ।

यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरुप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ।

हेर्नुहोस् आजकै दिन खिचिएको केही ऐतिहासिक तस्विरहरू

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट