‘नेपाल एक्सपो’ मा दीपक बज्राचार्यले दर्शक नचाए


नेपाली पप गायक दिपक बज्राचार्यको नाम उद्घोषकले लिने बित्तिकै हुटिङ शुरू भैहाल्यो। बसेका दर्शकहरु जुरुक जुरुक उठ्न थाले। दर्शकदिर्घाबाटै मुसुमुसु हाँस्दै गायक बज्राचार्य स्टेजमा उक्लिए।

‘काली काली हिस्सी परेकी— पहिलो प्रस्तुतिको शुरुवात भो।

‘हेर न कस्तो आँखा तरेकी’— दर्शकहरुले थपे।

डेनमार्कको राजधानी कोपन्हेगन सप्ताहन्तमा नेपाली संगीतमय भयो। नेपाली पप गायक दीपक बज्राचार्यले नेपाली तथा विदेशी दर्शकलाई नचाए। आफ्ना चर्चित गीतहरु ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली हिस्सी परेकी’, ‘फर्केर आउने छैन’ लगायतका नेपाली जनरुचीका गीत गाउँदा बज्राचार्यलाई नेपाली दर्शकले समेत सँगसँगै गाएर साथ दिए भने नेपाली मौलिक तथा पप संगीतका वाद्यवादनको फ्यूजनमा नेपाली र बिदेशी दर्शकहरु मस्त नाचे।

नेपाल हाउस को-अपरेटिभले डेनमार्कमै पहिलोपटक आयोजना गरेको मेघा प्रोजेक्ट “नेपाल एक्स्पो” मा दिपकले दर्शक नचाएका हुन्। एक्स्पोमा नै सहभागी हुन आफू आफ्नो ब्याण्डसहित आएको बज्राचार्यले बताए। उनलाई स्थानीय गायक सुदीप श्रेष्ठले पनि साथ दिए।

नेपाल र नेपाली उत्पादनबारे विदेशीलाई पनि जानकारी गराउने, पर्यटक आकर्षित गर्ने हेतुमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एक्स्पोमा दुई दर्जन बढी नेपाली उत्पादन र ब्यवसायीक बस्तुका स्टलहरु थिए।

प्रतिकृया दिनुहोस

थप

डेनमार्क

© 2017 Setopati Sanchar Pvt. Ltd.