अहो कर्णाली! (फोटो-कथा)

hdr


यी फोटोहरु जुम्लाको खलंगा बजारदेखि डाँफे लेक हुँदै डेढ दिनमा पैदल मुगुको रारा पुगेर अर्को दिन चुच्चेमारा लेक हुँदै फेरि जुम्ला जिल्लाको सिंजा उपत्यका झर्ने बेला खिचिएका हुन् । रारालाई टाढा पुष्ठभुमिमा पारेर खिचेका सबै फोटोहरु चुच्चेमारा लेकको टुप्पोनिरको चौरबाट खिचिएका हुन् । रारा किनारका फूलहरु चाहिं यही जेठ १ गते सुर्योदयका बेला त्यहाँ खिचिएका हुन् । एउटा फोटोमा रहेको पक्की पुल मध्य पहाडी लोकमार्ग अन्तर्गत मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रलाई जोड्ने पुल हो भने डण्डीमा टाँगिएको मोटरसाइकलको कंकाल कर्णाली राजमार्गको दैलेख खण्डमा खतरा जनाउन खडा गरिएको सडक चिन्ह हो । कर्णाली क्षेत्रमा रारा मात्र बढी चर्चित भए पनि त्यस वरपरका लेक र पाटनहरु कम्ता मनमोहक छैनन् । त्यस क्षेत्रमा पद यात्राका लागि अहिलेको समय वर्षकै उत्कृष्ट मानिन्छ । ​

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.