विज्ञापन संघआनले कलाकारहरुलाई हराउँदै मैत्रीपूर्ण फुटबल जितेको छ ।
राजधानीको दशरथ रंगशालामा शनिबार भएको खेलमा कलाकार संघ ४–२ गोल अन्तरले पराजित भएको हो । बाग्मती सफाई अभियानलाई सहयोग गर्न प्रतियोगिताको आयोजना गरिएको थियो ।
निक्कै मैत्रिपूर्ण र रोमाञ्चक ढंगले सम्पन्न भएको खेलमा उपस्थित दर्शकले कलाकारहरुलाई खुलेरै साथ दिइएको देख्न सकिन्थ्यो ।
करिब १५ हजार दर्शक खेल हेर्न आउने अपेक्षा गरिएको भएपनि शनिबार दशरथ रंगशालामा दर्शकको उपस्थिति न्यून थियो ।
प्रतियोगितामा कलाकारको तर्फबाट राजेश हमाल, नायिका रेखा थापा, झरना थापा, विनिता बराल, गरिमा पन्त, पुजना स्त्रि, जितु नेपाल, किरण केसी, हरिवंश आचार्य, अनु शाह, निता ढुंगाना जीवन लुइटेल, सुष्मा कार्की लगायतले फुटबल खेलेका थिए ।
हेर्नुहोस रंगशालाको माहौल यस्तो थियो