महिलालाई बुर्का नलगाइकन हिँडडुल गर्नसमेत बन्देज भएको देश साउदी अरेबियाकी एक महिलाले आज बिश्वको सर्वौच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी छिन्।
बुर्काले बेरिएर जिन्दगी बिताउने देशमा हुर्केकी २५ वर्षीया राहा मोहाराकले आफ्ना लागि सगरमाथा आरोहण निकै महत्वपूर्ण भएको बताएकी आरोहणका सहयोगी सोलुखुम्बु देउसा निबासी किताबसिंह तामाङले जानकारी दिए । स्थानीय सञ्चारकर्मीसमेत रहेका तामाङले भने “साउदी अरेबिएन राहाले शनिबार सगरमाथाको चुचुरोमा पाइला राखेकी हुन्”।
कतार तथा प्यालेस्टाइनका पुरुषसँगै उनी सगरमाथाको शिखरमा पुगेकी जनाइएको छ। यसअघि आधार शिविरमा रहँदा मोहराकले साउदी अरबबाट सगरमाथा चढ्ने पहिलो महिला हुने रेकर्ड कायम गर्ने भन्दै यो साहसिक काम गर्नका लागि आफूले धेरै चुनौती पार गरेको बताएकी सहयोगी तामाङले जानकारी दिनुभयो। रासस