नेपालको जिम्न्यास्टिक खेल अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको छ । अन्तर्राष्ट्रिय जिम्न्याष्टिक महासंघले गतसाता नेपाल जिम्न्याष्टिक संघमाथि प्रतिबन्ध लगाएपनि देशभित्र भने यस विषयलाई गुपचुप राखिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
वेलायतको लिभरपुलमा गत वैशाख २३ र २७ गते सम्पन्न महासंघको बैठकले आर्थिक पारदर्शिता नदेखाएको र वार्षिक शुल्क नतिरेको भन्दै नेपाल जिम्न्यास्टिक संघमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रतिबन्धमा परेको संघका अध्यक्ष स्वयम् अन्तर्राष्टिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधान हुन् ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था नै कारबाहीमा परेपपछि नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि अनिश्चित बनेको छ ।