पत्नीलाई शारीरिक र मानसिक यातना दिई घरमा राख्न समेत अश्विकार गर्ने नेपाल टिभीका प्रविधिक सुमित गुप्ता रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको कञ्चनपूर गाविस २की नितु गुप्ता रौनियारले आफूलाई सम्मानपूर्वक पतिले घरमा राख्नुपर्ने माग गर्दै पतिको घर अगाडि एक साता सम्म धर्ना बसेकी थिइन् । उनि धर्नामा बसेको खबर पत्रपत्रिकामा प्रकाशित भएपछि प्हरीले उनलाई पक्राउ गरेको हो । रौनियार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छन् ।
२०६८ असार १३ गते कञ्चनपुर निवासी सुमितको सप्तरीकै खाजपुर ७ की नितुसँग समाजिक परम्परा अनुसार विबाह भएको थियो । विवाहको एक वर्ष सम्म पनि सुमितले पत्नी्लाई राम्ररी राखेपनि त्यसयता अश्विकार गरेका छन् ।