राजधानीको अत्याधिक व्यस्त पर्यटकिय सहर ठमेलमा भीषण आगलागि भएको छ । राजधानीको ठमेलमा लागेको आगोबाट करोडोको क्षती भएको छ ।
ठमेलस्थित फेसेस क्लबमा विहिबार रातीदेखि लागेको भीषण आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
राति १०:३० बजेबाट सुरु भएको आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका अतिरिक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, नेपाली सेना, सशक्त प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीसमेत आगो निभाउनमा जुटेका थिए ।
आगलागीबाट २० करोडौको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान गरेके भएपनि आगो अझै नियन्त्रणमा आइनसकेकाले कति क्षति भयो भन्नेबारे यकिन विवरण नआएकोप्रहरीको भनाई छ। आगलागीले ठमेलको प्रख्यात पुस्तक पसल पिलग्रिम बुक हाउसका पुस्तकहरु पनि जलेर नष्ट भएका छन्। आगलागीको कारण यकिन हुन सकेको छैन।
आगो निभाउने क्रममा उपत्यकाभित्रका दुई दर्जनभन्दा बढी खानेपानीका ट्याङ्कर प्रयोग गरिएको छ। साँघुरो गल्ली भएकाले दमकलहरुलाई जान समस्या हुँदा आगलागी नियन्त्रण गर्न ढिला भएको जनाइएको छ ।