नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द 'विप्लव'ले अहिलेको सरकारले चुनाव घोषणा नगर्न चेतावनी दिएका छन्।
दाङको घोराहीमा विहिबार सम्बाददाताहरूसँग कुरा गर्दै उनले माओवादीले लडाइको मैदान नछाड्ने बताउँदै नेता चन्दले भने,– 'उनिहरुले हाम्रो कुरै नसुनेर चुनावकै मात्रै कुरा गर्नु हामीहरुलाई लड्न बोलाएको भन्ने बुझेका छौँ, माओवादी पनि मैदान छाडेर भाग्ने पार्टि हैन।' नेपाली काँग्रेस र नेकपा एमाले पुरानो जनयुद्धको ऐजेण्डामा सहमत नभएसम्म सहमतीको वातावरण वन्नै नसक्ने समेत दावी गरे।
'खिलराज रेग्मीको राजीनामाको माग त वार्ताको ढोका खोल्नलाई मात्रै भएको भन्दै उनले 'त्यो ढोकावाट पसिसकेपछि जनयुद्धको ऐजेण्डामा सहमत हुने की नहुने भन्ने बहस सुरु हुने उनले दाबी गरे।
नेकपा माओवादी सँग सहमतीका लागि दुई विकल्प मात्रै रहेको भन्दै उनले भने 'कित सहमतीमा आउनु पर्यो, हैन भने प्रतिरोधको सामना गर्न सक्नु पर्यो।' यथावस्थामा चुनावको नाममा प्रतिगमन लाद्ने षडयन्त्र गरिएको भन्दै चन्दले आँफूहरुले जसरी पनि मुलुकमा प्रतिगमन आउन नदिने वताए।