रोल्पा जिल्ला कारागारमा रहेका ८ कैदी शनिबार राति सुरुङ खनेर भागेका छन्। रोल्पा प्रहरीका अनुसार उनीहरु बन्दी कोठाबाट सुरुङ खनेर भागेका हुन् ।
भाग्ने कैदीमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, वसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली र दिपक पुन छन्।
कैदी सुरुङ खनेर भागेपछि घटनाबारे बुझ्न राप्ती अञ्चल प्रहरी प्रमुखसहितको टोली रोल्पा पुगेको छ। फरार कैदीमध्ये ४ डाकाचोरी, ३ करणी र १ गैँडा खाग तस्करीमा जेलमा थिए ।