अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको सपथखाए लगत्तै लोकमानसिंह कार्कीले पदबहाली गरेका छन् ।
राष्ट्रपतिसँग सपथग्रहणपछि शीतलनिवासबाट सिधै आयोगको कार्यालय नक्साल पुगेर उनि बहाली भएका हुन् ।
करिब ७ वर्ष अघि सूर्यनाथ उपाध्यायले अवकाश पाएपछि रिक्त रहेको प्रमुख आयुक्तमा व्यापक विवादका विच कार्कीको नियुक्ति भएको हो ।
राष्ट्रपति कार्यालय सचिवालयले विहान ६ बजे कार्कीलाई बहालीको तयारी गर्न अख्तियार आयोगका अधिकारीलाई जानकारी दिएका थिए । सोही जानकारी अनुसार कार्कीलाई आयोग भित्राउन सचिवालयले घडा, फूलमाला, र मिठाईको प्रबन्ध गरिसकेको स्रोतले जानकारी गरायो ।
कार्की सहितको नियुक्तिबारे मंगलबार साँझसम्म राष्ट्रपति रामवरण यादव द्वविधामा थिए । विहान पाँचै बजे उनको निजी सचिवालयले राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मीलाई सपथको प्राविधिक तयारी गर्न अह्राएका थिए ।