नेपाल अफगानिस्तानसँग भिड्दै
काठमाडौं, चैत २१ (सेतोपाटी)– एसिसी २०–२० कपको फाइनलमा नेपाल अहिले एकैछिनमा अफगानिस्तानसँग भिड्दै छ । कीर्तिपुरस्थित रंगशालामा सवा एक बजे सुरु हुने फाइनल खेलका लागि हजारौं दर्शक अहिले खेल मैदान पुगिसकेका छन् ।
यसअघि मंगलबार भएको सेमिफाइनलमा नेपालले युएईलाई छ विकेटले जितेको थियो । त्यस्तै मंगलबार नै भएको सेमिफाइनल खेलमा अफगानिस्तानले हङकङलाई जितेर फाइनलमा प्रवेश गरेको थियो ।
प्रकाशित मिति: 2013-04-03 12:37:05