काठमाडौं, चैत २१ (सेतोपाटी)– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको हकभोगमा रहेको वर्दिया जिल्ला राजापुर क्षेत्रको ४० बिघा जग्गामा वैद्य माओवादीले गाडेको झण्डा प्रहरी टोलीले हटाएको छ ।
खैराचन्दनपुर गाविसमा रहेको खिलराज परिवार र उनका सालीहरुको जग्गा माओवादीले मंगलबार राती कब्जामा लिएको थियो ।
मध्यपश्चिम प्रहरी कार्यालयले एसपीको नेतृत्वमा प्रहरी टोली खटाई उक्त प्लट मंगलवार विहान माओवादी नियन्त्रणबाट मुक्त गराएको हो ।
‘अध्यक्ष ज्यूको जग्गामा गाडेको झण्डा प्रहरी टोलीले हटाइसकेको छ,’ डिआईजी तपेन्द्रध्वज हमालले सेतोपाटीसँग भने । नेकपा माओवादीबाट करिब आठ महिनाअघि फुटेको वैद्य पक्षले चुनाव बहिस्कार गर्ने घोषणा गरेको छ । चुनाव बिथोल्ने रणनीतिअनुरुप नै चुनावी सरकारका अध्यक्ष रेग्मी लगायत उनका नातेदारको जग्गा कब्जामा लिइएको हो ।