मलेसीयामा जारी एसिसी यु–१९ एलिट कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
लगातार दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले कतारलाई ९ विकेटको भारी अन्तरले हराएको हो । पहिले व्याटीङ गरेको कतारले निर्धारीत ५० ओभरको खेलमा ३६.३ ओभरमा अलआउट हुँदै ९३ रन मात्र बनाएको थियो। कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका अभिनाश कर्णले सर्वाधिक चार विकेट लिएका थिए। यस्तै सुशान्त भारी २, निश्चल पाण्डे र भुवन कार्कीले १–१ विकेट लिएका थिए।
९४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले १०.५ ओभरमा १ विकेट गुमाउदै विजयी लक्ष भेट्टाएको हो। नेपालका लागि अमित श्रेष्ठको अभिजित ७० निश्चल पाण्डे १२ र हरिशंकर साहले अभिजित ८ रन बनाएका थिए।