अनुसन्धानका लागि झिकाइएकी महिलामाथि बलात्कार गर्ने असईलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले निलम्बन गरेको छ।
निजलाई लागेको आरोप घटनाको नजिक पुगेकाले आरोपी प्रहरीलाई निलम्बन गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत मंगलवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनुसन्धानका लागि नियन्त्रणमा लिएका प्रहरी अधिकृत सहित पीडित महिलाका देवर नाता पर्ने व्यक्ति समेतलाई थप १५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले आरोपीत प्रहरी र पीडित महिलाका देवर साईनो पर्ने भुपेन्द्र गुरुङलाई हिरासतमा राखेर अनुसन्धान थालेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोबिन्दप्रसाद आचार्यले आरोपित दुबैलाई थप भएको म्याद भित्रमा अनुसन्धान सकेर कानुनी दाहेरामा ल्याउने प्रयास शुरु गरिएको जानकारी दिए। भुपेन्द्रलाई पीडक महिलाका छोराले दिएको जाहेरीका आधारमा जवरजस्ती करणी गरेको अभियोग छ भने प्रहरी सहायक निरिक्षक राईलाई अनुसन्धानका लागि भन्दै प्रहरी कार्यालयमा झिकाएर प्रहरी पोष्ट भित्रै जबरजस्ती गरेको आरोप छ। यो अभियोग महिला स्वयंले दिएको निबेदनमा उल्लेख गरिएको प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी दिए।