नेकपा-माओवादी निकटको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाको बन्दका कारण पूर्वी पहाडी जिल्लाका जनजीवन प्रधावित भएको छ । मेची राजमार्गमा यातायात ठप्प भएको छ। लामा तथा छोटा दुरीका कुनै पनि यातायातका साधनहरु चलेका छैनन । गत बैशाख ११ गते इलामको चमैता २ बाट चन्दा असुली गर्दै गर्दा ५ जना कार्यकर्ता पक्राउ परेपछि मोर्चाले बन्द आब्हान गरेको हो।
बन्दका कारण इलाम र पाँचथरमा यातायात ठप्प भएका छन। इलाम र पा“चथर बन्द भएपछि झापाबाट मेची राजमार्ग हुदै ताप्लेजुङ्ग सम्म पुग्ने सवारी साधन गन्तव्य सम्म हिडेका छैनन।
बन्द कर्ताले कोशी पहाडी जिल्लामा पनि यातायात वन्द गरेको जनाए पनि त्यहा भने निर्वाध रुपमा यातायात संचालनमा रहेको प्रहरीले जानकारी दिएको छ। चमैताबाट मोर्चाका घनेन्द्र नेम्वाङ्ग, विजय नेम्वाङ्ग, चन्द्र नेम्वाङ्ग, यम नेम्वाङ्ग र मान वहादुर नेम्वाङ्गलाई पक्राउ गरी इलाम प्रहरीले हिजै सार्बजनिक मुद्धा चलाइसकेको छ।
पक्राउ परेकाहरुको विना सर्त रिहाई हुनुपर्ने माग राख्दै बन्द गरिएको नेकपा माओवादी लिम्बुवानका सेक्रेटरी हर्क नेम्वाङ्गले बताए । चन्दा उठाइएको स्विकार गर्दै उनले आफुहरुले जबरजस्ति नभइ स्वच्छिक रुपमा बढीमा एक सय रुपैया सम्म चन्दा माग्दा प्रशासनले पक्राउ गरेको भन्दै बन्द गर्न बाध्य भएको बताए । पक्राउ परेका कार्यकर्ता रिहाइ नभए थप शसक्त आन्दोलनमा जाने उनले चेतावनी समेत दिएका छन् ।