इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई हराउदै शिर्ष स्थानमा उक्लिएको छ । टस हारेर पहिला फिल्डिङ गरेको चेन्नईले राजस्थानलाई सोमबार ५ विकेटले हराएको हो ।
निर्धारित २० ओभरको खेलमा १ सय ८६ रनको लक्ष्य चेन्नईले अन्तिम १ बल बाँकी छँदै भेट्टाएको थियो । चेन्नईको जीतमा माईकल हसीले सर्वाधिक ८८ रनको योगदान दिएका थिए । उनले ५१ बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै सुरेश रैनाले ५१ रनको योगदान गरे ।
रैना र हसीले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । अन्तिम ओभरमा ११ रन आवश्यक परेका बेला ड्वायेन ब्राभो र क्रिस मोरिसले १ बल बाँकी छदै चेन्नईलाई जित दिलाएका थिए ।
सेन वाट्सनले चालु लिगमा पहिलो सतकको प्रहार गरेपछि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारीत २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।
वाट्सनले १ सय १ रनको सतकिय पारी खेलेका थिए । ६१ खेलेका वाट्सनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।
सोमबारको जितसँगै ७ खेल खेलेको चेन्नई १० अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यस्तै सातै खेल खेलेको र समान अंक भएको रोयल च्यालेन्जर्स बैंलौर र सनराइज हैदारावाद रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् ।