दाङ अनर्वामा बस र मोटरसाइकल एक आपसमा ठोकीदा एक जनाको ज्यान गएको छ। लमहीबाट काठमाडौंको लागि छुटेको ना ४ ख ४२१५ नम्बरको बसले भालुवाङ सडक खन्डको अनर्वामा ठक्कर दिदाँ रा २ प १७१७ नम्बरको मोटरसाईकल चालक चैलाही २ लमहीका ३४ बर्षिय लेखराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
शर्माको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारका क्रममा मृत्यु भएको हो। यसैगरी मोटरसाईकलको पछाडि बस्ने चैलाही २ कै ३५ बर्षिय पंकज केसी गम्भिर घाईते भएका छन्। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ। उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ।