मछिन्द्र क्लबका विशाल राई ए, विशाल राई वि, आजद प्रधान, कर्ण लिम्बु, विक्रम लिम्बु, प्रवेश कटुवाल लगायतका खेलाडीहरुहरुले भरिएको डिफेन्डिङ च्याम्पियन विर्तामोड सिएफसी भुटानलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।
आफ्ना खेलाडीहरु फर्ममा रहेको र टिमसेट मिलेकाले फाइनलमा पुगेर उपाधि जित्ने विश्वास विर्तामोड युथ क्लबका टिम मेनेजर भुपेन्द्र लिङदेनको छ ।
यस्तै पहिलो पटक प्रतियोगितामा सहभागी एपिएफ क्लब समेत कमजोर भने छैन। आयोजक धनकुटालाई हराउदै सेमिफाईनलमा पुगेको एपिएफले ए डिभिजन लिगमा कमजोर प्रर्दशन गरेपनि टिम सेट मिलेका कारण वितामोड युथ क्लबलाई बलियो चुनौति दिने विश्वास एपिएफका प्रशिक्षक जनकसिंको रहेको छ।
दोस्रो सेमीफाइनलमा मंगलबार राष्ट्रिय जागृति क्लब र ब्वाईज युनियन क्लब आमने सामने हुदैछ् ।
आगामी ४ गते सम्म धनकुटाको टुडिखेलमा सञ्चालीत प्रतियोगिताको विजेताले नगद १ लाख सहित गोल्ड कप र उपविजेताले नगद ५० हजार पाउँने आयोजकले बताएको छ।