डोडेज लियोनको निर्णायक गोलमा पाहुना टोली हङकङ नेपाली महासंघ धरानमा जारी १५ औं अन्तर्राष्टि्रय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ। धरानको एन्फा एकेडेमीमा विहिबार भएको अत्यान्त प्रतिश्पर्धात्मक खेलमा साविक विजेता थ्रिस्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै हङकङ नेपाली महासंघ पहिलो पल्ट उपाधि नजिक पुगेको हो ।
हङकङ टिमले उपाधिका लागि ११ औं सस्करणको उपविजेता विभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौसँग सामना गर्ने छ।
निर्धारित समयसम्म दुबैतर्फबाट गोलरहित बराबरीमा रोकिएपछि थपिएको अतिरिक्त समयको १० औं मिनेटमा हङकङका लियोनले उत्कृष्ट गोल गरेर टोलीलाई फाइनल यात्रामा डोर्याएका थिए । म्यान अफ दि म्याच समेत भएका लियोनले जगजित श्रेष्ठको क्रसपासलाई सदुपयोग गरेका थिए ।
'हाम्रो ६० प्रतिशत जित्ने होपलाई लियोनले पूरा गरे, हङकङका टिम कोच आङटेण्डी शेर्पाले भने। थ्रीस्टार राम्रो टिम भएकाले केही हामीमा दवाव भए पनि खेलाडीहरुको प्रदर्शनले जित हङकङको पक्षमा आएको उनको भनाइ थियो।
थ्रीस्टारले खेलको पूवार्द्धको ११ औं मिनेटमा पाएको सुन्दर अवसर गुमाउदा सेमीफाइनलबाटै घर पर्कनुपर्यो । कप्तान सन्दीप राईको फ्रिकिक प्रहारलाई विजय धिमालले गरेको हेड विपक्षी गोलरक्षक विकास कुथुको हातबाट फुत्किएर गोल लाइनमा पुगेको बललाई हङकङका कप्तान सागर थापाको उत्कृष्ट बचावट नै थ्रीस्टारका लागि घातक बन्यो। त्यसपछिका खेलहरुमा १९ औं मिनेट, २९ औं मिनेटमा पाएको सुनौलो अवसरहरुले गोलको दिशा लिन नसक्दा थ्री स्टार चर्चीत नेपाली फुटबलरले साथ पाएको पाहुना टोलीसँग स्तब्ध बन्न पुग्यो । विहिबारको
'हाम्रा खेलाडीहरुको तालमेलमा कमी आयो, र डिफेन्स लाइन एकदमै कमजोर भयो, थि्र स्टारका टिम कोच प्रदीप हुमागाईले भने …त्यसैले हामीले हार्यौ।, केही अवसर पाए पनि सदुपयोग गर्न नसक्नु पनि हारको कारण बनेको उनले बताए। खेलाडीहरु थकित भएकाले पनि खेल आफ्नो पक्षमा नआएको उनको भनाइ थियो।
यता हङकङको पनि केही सुनौलो अवसरहरु गुम्यो। पूर्वाद्धको १८ औं मिनेटमा हङकङका जगजित श्रेष्ठले हेर्न लायक गोल माथिल्लो बारको केही माथिबाट बाहिरिएको थियो। हङकङले पनि खेलको तेस्रो मिनेट, नवौं मिनेट, उत्तरार्द्धको २६ औं मिनेटमा केही अवसर हात लागे पनि त्यसै खेर गए।
धरान फुटबल क्लबलाई सहयोग
आयोजक धरान फुटबल क्लबलाई दुवई हेल्पिङ ह्याण्ड र गोपाल सिवाकोटी चिन्तनले नगद सहयोग गरेका छन्। ह्याण्डले नगद २५ र सिवाकोटीले ५० हजार सहयोग गरेका हुन्। क्लबका अध्यक्ष किशोर राईलाई नगद प्रदान गरेका थिए। त्यस्तै एनसेल वर्ष खेलाडी बन्न सफल सुनसरी दुहवीका सन्दीप राईलाई क्लबले सम्मानित गरेको छ।