रसियामा जारी इङ्ल्याण्ड र क्रोएशियाबीचको निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा सकिएको छ।
आजको खेलमा ५ मिनेटमा नै फ्रिकिकबाट गोल खाएर क्रोएशिया पछाडी परेको थियो। इङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरले फ्रिककबाट गरेका थिए।
गोल खाएका कारण दबाबमा परेको क्रोएशियाले दोश्रो हाफमा मिनेटमा बराबरी गोल गर्दै आफूलाई खेलमा फर्काउन सफल भयो। उसको लागि इभान पेरिसिकले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए।
खेलको नतिजा ३० मिनेटको अतिरिक्त समयमा पनि नआए खेलको नतिजा टाइब्रेकरबाट निर्धारण हुनेछ।
यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ।