विशेष

Search news by date range:

  • काठमाडौंका ८ नगरमध्ये ४ मा कांग्रेस, ४ मा एमालेको अग्रता

    काठमाडौंका ८ नगरमध्ये ४ मा कांग्रेस, ४ मा एमालेको अग्रता सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ -

    काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ। कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।  कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।

  • दाहालले जेठ पहिलो साता राजीनामा दिने, कामचलाउ बजेट यही सरकारले ल्याउने

    दाहालले जेठ पहिलो साता राजीनामा दिने, कामचलाउ बजेट यही सरकारले ल्याउने सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १ -

    पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति थियो। यसअनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताए। दाहालको राजीनामापछि देउवालाई सत्ता सम्हाल्न भने जेठ तेस्रो साता नै लाग्न सक्छ। 

  • मनाङमा पहिलो पटक किन लाग्यो कांग्रेसलाई धक्का

    मनाङमा पहिलो पटक किन लाग्यो कांग्रेसलाई धक्का सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १ -

    अघिल्लो संविधान सभाको निर्वाचनमा कांग्रेसका सभासदले टेकबहादुर गुरुङसँग ३ सय मतले हारेका राप्रपा नेता ट्रिपल पी गुरुङ एमाले प्रवेश गरेपछि मनाङमा एमालेले कांग्रेसबाट स्थानीय तह खोसेको हो।

  • ललितपुरका कुन ठाउँमा कुन दलको अग्रता?

    सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ १   -

    ललितपुर जिल्लामा तीनमा एमाले र दई ठाउँमा कांग्रेस, र एक ठाउँमा माओवादी केन्द्रले अग्रता लिएका छन्।

    कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रले अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर अग्रता लिएको छ। यो गाउँपालिकमा ३ सय २५ माओवादी, एमाले १ सय ८० र कांग्रेसको १ सय ३० मत आएको छ।

  • कर्मचारी अभावका कारण काठमाडौँ महानगरको मतगणनामा ढिलाई

    कर्मचारी अभावका कारण काठमाडौँ महानगरको मतगणनामा ढिलाई सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ १ -

    काठमाडौँ महानगरपालिकाको मतगणनाका लागि पर्याप्त कर्मचारी नभएपछी मतगणनामा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ।

  • पोखरा महानगरपालिकामा केहीबेरमै मतगणना सुरु हुने

    पोखरा महानगरपालिकामा केहीबेरमै मतगणना सुरु हुने सेतोपाटी संवाददाता , पोखरा जेठ १ -

    पोखरा-लेखनाथ  महानगरपालिकामा एकैछिनपछि मतगणना सुरु हुने भएको छ। आइतबार सकिएको स्थानीय निर्वाचनको मतगणना ११ बजेदेखि सुरु हुने सर्वदलिय बैठकपछी तय भएको हो। पोखरा महानगरमा  १ लाख ६८ हजार मतदाता मध्ये १ लाख २५ हजार मत खसालेका थिए।

  • काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि?

    काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि? सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ १ -

    काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि नगरपालिकामा कांग्रेस अघि छ।

  • गणना सुरु भएकामध्ये धेरै स्थानमा एमालेको अग्रता

    गणना सुरु भएकामध्ये धेरै स्थानमा एमालेको अग्रता काठमाडौं, जेठ १ (सेतोपाटी) -

    काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्।

  • ललितपुर महानगरपालिकामा मतगणना सुरु

    ललितपुर महानगरपालिकामा मतगणना सुरु सेतोपाटी संवाददाता , काठमाडौँ, जेठ १ -

    ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ। आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना राती १२ बजे देखि सुरु भएको हो। ललितपुर महानगरपालिका १ वडाबाट मतगणना सुरु भएको हो, यो वडामा २ हजार ४ सय ६१ मतदाता छन्। भने महानगरपालिकाका २९ वडामा १३२ मतदान केन्द्र थिए।

  • काठमाडौंको मतगणना भोलि बिहानबाट, मतपेटिका धमाधम सभागृह*

    काठमाडौंको मतगणना भोलि बिहानबाट, मतपेटिका धमाधम सभागृह* अनिश रेग्मी, काठमाडौं, वैशाख ३१ -

    काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा भएको स्थानीय तह निर्वाचनको मतपेटिका राष्ट्रिय सभागृहमा ओसार्ने क्रम जारी छ। आइतबार मध्यरातबाटै मतगणना सुरु हुने भनिएको थियो। तर, सबै प्रक्रिया पूरा गरी गणना थाल्न ढिला भएकाले सोमबार बिहान ८ बजे सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले बताएका छन्।

  • पहिलो चरणको मतदान ७१ प्रतिशत: निर्वाचन आयोग

    पहिलो चरणको मतदान ७१ प्रतिशत: निर्वाचन आयोग सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तीन प्रदेशका २ सय ८३ स्थानीय तहमध्ये २ सय ८१ मा मतदान भएको बताएका छन्। यसले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उत्साही बनाएको बताए। निर्वाचन केन्द्रमा प्राप्त भएपछि मतगणना प्रारम्भ गरिने उनले जानकारी दिए। हिमाली क्षेत्रका मतदान केन्द्रबाट हेलिकप्टरमा मतपेटिका ओसारिनेछ।

  • कसले जित्छ काठमाडौं महानगरको मेयर?

    कसले जित्छ काठमाडौं महानगरको मेयर? सेतोपाटी टिम, काठमाडौं, वैशाख ३१ -

    पछिल्लो पटक र यसपटकमा काठमाडौं महानगरभित्रको निर्वाचनको परिदृश्यमा फेरबदल आएको छ। यसपालिको काठमाडौं महानगरको निर्वाचनको परिणाम मूलतः तीन वटा विषयले निर्धारित गर्नेछ। पहिलो, कांग्रेस र एमालेले आफ्ना कति परम्परागत मतदातालाई आफैंसँग राख्न सक्छन्? दोस्रो, विवेकशील र साझा पार्टीका उम्मेद्वारले कति मत ल्याउँछन्? कांग्रेस र एमालेमध्ये कसको मत खोस्छन्? र तेस्रो, माओवादी केन्द्र काठमाडौंमा एकदमै कमजोर देखिएको छ, पछिल्लो संविधान सभा निर्वाचन उसले ल्याएको मत कसलाई जान्छ?

  • निर्वाचन आयोगको अनुमानः करिब ७० प्रतिशत मत खस्यो

    निर्वाचन आयोगको अनुमानः करिब ७० प्रतिशत मत खस्यो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । ३ प्रदेशका ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको आयोगको अनुमान छ।

  • दुई हजार सवारीसाधन नियन्त्रित, २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था

    दुई हजार सवारीसाधन नियन्त्रित, २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था काठमाडौं, वैशाख ३१ -

    निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निषेध गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले अपराह्न १ बजेसम्ममा एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिए।

  • वर्षा र घामको प्रवाह नगरी मतदातामा उत्साह, हेर्नुहोस् राजधानीको मतदान

    वर्षा र घामको प्रवाह नगरी मतदातामा उत्साह, हेर्नुहोस् राजधानीको मतदान नारायण महर्जन, काठमाडौं, वैशाख ३१ -

    देशका विभिन्न स्थानका मतदाताहरू निकै नै उल्लासपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। २० वर्ष पछि भएको निर्वाचनमा सहभागी हुन मतदाताहरू पनि निकै नै उत्साही देखिएका छन् । चर्को घाम र पानीको प्रवाह नगरी बिहान ७ बजेदेखि मतदाताहरू आफ्नो पालो कुर्दै मतदान गरिरहेका छन्। मतदानमा महिला, वृद्धवृद्धा, अशक्त, सबैको उल्लासपूर्ण सहभागिता देखिएको छ।

  • पोखरामा शान्तिपूर्ण मतदान हुँदै, ५० प्रतिशत मत खस्यो

    पोखरामा शान्तिपूर्ण मतदान हुँदै, ५० प्रतिशत मत खस्यो सागर राज तिमिल्सिना, पोखरा,  वैशाख ३१ -

    पोखरामा शान्तिपूर्ण ढंगले मतदान भईरहेको छ। दिउँसो १ बजेसम्म कास्कीमा ४५ देखि ५० प्रतिशतसम्म मतदान भइसेकेको पश्चिमाञ्चल क्षेत्रिय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए। उनले पोखरा र गाउँपालिकाहरु गरि ४५ देखि ५० प्रतिशतसम्म मत खसेको जानकारी दिए। उनले मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

  • यस्तो रह्यो मतदान (तस्बिरमा)

    यस्तो रह्यो मतदान (तस्बिरमा) अनिश रेग्मी, काठमाडौं, वैशाख ३१ -

    राजधानीसहित पहिलो चरणको निर्वाचन भएको तीनै प्रदेशमा उत्साहप्रद रूपमा निर्वाचन भइरहेको छ। निर्वाचन आयोगले बिहान साढे १० सम्म २५ देखि ४२ प्रतिशतसम्म मतदान भएको जनाएको छ ।

  • मतगणना आजैबाट सुरु

    मतगणना आजैबाट सुरु सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    स्थानीय तहको निर्वाचनको मतदान सकिने बित्तिकै मतगणना सुरु हुने भएको छ। मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

  • डोल्पामा ७५ % मतदान, कहाँ कति मत खस्यो?

    डोल्पामा ७५ % मतदान, कहाँ कति मत खस्यो? सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    हालसम्म सबैभन्दा बढी मतदान मनाङ जिल्लामा सम्पन्न भएको आयोगले जनाएको छ। मनाङमा करिब ४२ प्रतिशत मत खसिसकेको छर। त्यस्तै कास्कीमा ३५, बागलुङमा ३५ तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको छ। रुकुममा २५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

  • निर्वाचन उत्साहप्रद कहाँ के भइरहेको छ? LIVE

    निर्वाचन उत्साहप्रद कहाँ के भइरहेको छ? LIVE सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    बिहान ७ बजेदेखि स्थानीय तहको मतदान सुरु भएको छ । २० वर्षपछि हुन लागेको चुनावको पहिलो चरण अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि चुनाव भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

  • शान्तिपूर्ण र उत्साहजनक तवरले मतदान कार्य जारी

    शान्तिपूर्ण र उत्साहजनक तवरले मतदान कार्य जारी सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीन वटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको छ ।

  • तस्बिरमा हेर्नुहोस् पोखरामा मतदान

    तस्बिरमा हेर्नुहोस् पोखरामा मतदान सागरराज तिमल्सिना, पोखरा, वैशाख ३१ - पोखरामा शान्तिपुर्ण ढंगले मतदान भईरहेको छ । ४ लाख १४ हजार १ सय ४१ जनसंख्या रहेको पोखरा लेखनाथ नगरपालिकामा १ लाख ६८ हजार ६८ मतदाता रहेका छन् । महिला मतदाता मात्रै ९० हजार ६ सय ८५ छन् । क्षेत्रफलका दृष्टिले सबै भन्दा ठुलो रहेको पोखरा लेखनाथ महानगरपालिक...

  • काठमाडौंका पाँच मेयर उम्मेदवारको मतदान (हेर्नुहोस् फोटोहरू)

    काठमाडौंका पाँच मेयर उम्मेदवारको मतदान (हेर्नुहोस् फोटोहरू) सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ३१ -

    स्थानीय तहको निर्वाचनमा काठमाडौंका लागि मेयरका उम्मेदवारहरुले मतदान गरेका छन्। एमालेको विद्यासुन्दर शाक्यले लगनबाट, नयाँ शक्ति तथा संघीय समाजवादी फोरमका तर्फबाट पवित्र बज्राचार्यले बसन्तपुरबाट मतदान गरेका छन्।

  • प्रधानमन्त्री र उम्मेदवारसहित शीर्ष नेताले यसरी गरे मतदान (तस्बिरहरू)

    प्रधानमन्त्री र उम्मेदवारसहित शीर्ष नेताले यसरी गरे मतदान (तस्बिरहरू) सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३१ -

    झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । पार्टीका शीर्ष नेताका साथै काठमाडौैैंका मेयरका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काठमाडौंका मेयर उम्मेदवार विद्या सुन्दर शाक्य, रन्जु दर्शना, किशोर थापा, राजु राज जोशी र एमाले नेता योगेश भट्टराईले आआफ्ना मतदान केन्द्रबाट भोट हालेका छन्।

  • भरतपुरमा पहिलो मतदान गर्नेमा प्रधानमन्त्री दाहाल

    भरतपुरमा पहिलो मतदान गर्नेमा प्रधानमन्त्री दाहाल चितवन, वैशाख ३१ (सेतोपाटी) -

    चितवनको पहिलो मतदाताको रूपमा प्रधानमन्त्री पुष्पकमल दहालले  भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। ठीक सात बजे प्रधानमन्त्री दाहालले मतदान गरेका हुन्।

  • ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन एकसाथ सुरू

    ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन एकसाथ सुरू काठमाडौं, वैशाख ३१ -

    २० वर्षपछि आइतबार (आज) मुलुकमा स्थानीय निर्वाचन हुँदैछ । पहिलो चरणमा हुने यो मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ। संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ।

  • यसरी तयार हुँदै छन् काठमाडौंका मतदान केन्द्र (तस्बिरहरू)

    यसरी तयार हुँदै छन् काठमाडौंका मतदान केन्द्र (तस्बिरहरू) अनिश रेग्मी , काठमाडौं, वैशाख ३० -

    आइतबार हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ। परिचय पत्र वितरणदेखि लिएर मतदानस्थलमा मतपेटिका तयारीको काम धमाधम भइरहेको छ। काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मावि, हुनमानढोका, पद्मकन्या क्याम्पस बागबजार लगायतका स्थानमा मतपेटिका तयार गरिएका केही दृश्यहरु हेर्नुहोस्।

  • महिलाहरु घरबाहिर निस्केपछि समाज अचानक हडबडाएको छ

    महिलाहरु घरबाहिर निस्केपछि समाज अचानक हडबडाएको छ सावित्री गौतम -

    स्वतन्त्र र स्वतःस्फुर्त रुपमा अधिकारका बारे बोल्ने—लेख्ने वा सडकमा प्रदर्शन गर्ने हामीजस्ता महिला वा पुरुषहरुसमेत पहिला पनि थिए, अहिले पनि छन्। नारीवाद समानताको मुद्दा हो र यो आजको समयमा एनजिओ/आइएनजिओको कब्जामा मात्रै सीमित छजस्तो मलाई लाग्दैन। महिलाको क्षेत्रमा मात्र किन, अरु थुप्रै क्षेत्रमा काम गर्ने हजारौं एनजिओ/आइएनजिओ छन्। सबैको बेइमानीबारे बेलाबेला प्रश्न उठेकै हुन्छन्। यदि, यिनीहरु गलत हुन् भने त सबैको बारे खोजखबर गरिनुप¥यो र कारवाहीको दायरामा ल्याइनुप¥यो वा खारेज नै गरिनुप¥यो। र, सबभन्दा महत्वपूर्ण कुरा सरकारी सरोकारवाला संस्थाहरु जिम्मेवार भएर काम गर्न थाले भने एनजिओ/आइएनजिओ आफैं विस्थापित भएर जान्छन्। त्यसैले, नारीवादलाई गैरसरकारी संस्थासँग जोडेर उही ‘डलर खेती’ को ‘आउटडेटेड’ राग अलापिराख्नुको कुनै तुक छैन।

  • बाथलाई खेलाँची नगर्नुस्, ज्यान जान सक्छ

    बाथलाई खेलाँची नगर्नुस्, ज्यान जान सक्छ डा.अरुण कुमार गुप्ता, बाथ रोग बिशेषज्ञ -

    बाथ रोग उपचार नगरे स्लो पोइजन सरह हुन्छ । जस्तो हृदयघात तथा पक्षघात हुँदा मान्छे आजको भोलि मर्ने सम्भावना हुन्छ। तर, बाथ रोगमा आजको भोलि नै मान्छे मरिहाल्ने हुँदैन। तर छिटै उपचार नगरे यसले मान्छेलाई अपाङ्ग बनाउने गर्छ। विस्तृतमा

     

  • २ खेल खेल्न बाँकी रहँदै चेल्सीलाई प्रिमियर लिग उपाधि

    २ खेल खेल्न बाँकी रहँदै चेल्सीलाई प्रिमियर लिग उपाधि काठमाडौ, बैशाख ३० (एजेन्सी) -

    ३ करोड ३० लाख पाउण्डमा मार्सेइबाट चेल्सी आएका बाट्सहेई पुरै सिजन खराब फर्मका कारण टिममा स्थान बनाउन संघर्षरत थिए। तर, उनी गएराती प्रशिक्षक आन्टोनियो कोन्टेको खुसीको सबैभन्दा ठूलो कारण बने।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट