विशेष

Search news by date range:

  • काठमाडौं महानगरका मेयर र उपमेयरका कार्यालय सिँगारिदै, गाडी खरिद प्रक्रिया सुरु

    काठमाडौं महानगरका मेयर र उपमेयरका कार्यालय सिँगारिदै, गाडी खरिद प्रक्रिया सुरु सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ४ -

    महानगरका कर्मचारी अहिले त्यही भाडाको कोठा सिँगारेर मेयर तथा उपमेयरको स्वागतको तयारीमा जुटेका छन्। यति मात्र होइन महानगर नेतृत्वको प्रयोगको निम्ति सवारी खरिद प्रक्रिया पनि सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलका अनुसार  भाडाको कोठा रंगरोगन र फर्निसिङदेखि सवारी खरिदको प्रक्रिया सँगसँगै सुरु भएको छ। ‘बाघ दरबारमा भुइँचालोले क्षति पुर्‍याएपछि हामी अहिले सँगैको जेडिए कम्प्लेक्समा सरेका छौं, त्यही कम्प्लेक्समा मेयर तथा  उपमेयरका कार्यालयको बन्दोबस्त गरिनेछ’, पौडेलले भने, ‘कार्यालय तयार गर्न एक सातासम्म लाग्छ, गाडी खरिदका लागि अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।’

  • स्थानीय निर्वाचनमा कुन पार्टीले कहाँ-कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची)

    स्थानीय निर्वाचनमा कुन पार्टीले कहाँ-कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची) सेतोपाटी संवादाता, काठमाडौं, जठ ४ -

    स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ।हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्।

     

  • नेपालको पहिलो महिला मेयरको स्कुल जिल्लाकै नम्बर एक

    नेपालको पहिलो महिला मेयरको स्कुल जिल्लाकै नम्बर एक सेतोपाटी संवाददाता, जुम्ला, जेठ ४ -

    ‘कान्तिका म्याडम’- जुम्लामा यो उनको परिचय हो। लामो समय शिक्षण गरेर सफल विद्यालय प्रशासक भएकाले पनि उनी ‘म्याडम’ का रूपमा लोकप्रिय छिन्। उनी जुम्लामा माध्यमिक विद्यालयको पहिलो महिला प्रधानाध्यापक हुन्। बिहे गरेपछि २०४५ सालमा एसएलसी गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र स्वास्थ्य शिक्षामा ‘डबल’ स्नातकोत्तर (एमए) गरेकी छन्।

  • डिआइजी सिलवालको मुद्दा सात जना न्यायाधीशको इजलासमा

    डिआइजी सिलवालको मुद्दा सात जना न्यायाधीशको इजलासमा सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ ४ -

    सर्वोच्च अदालतले पछिल्लो आइजीपी नियुक्तिविरुद्ध परेको रिटमाथिको अन्तिम सुनुवाई सात न्यायाधीशको वृहत पूर्ण इजलासमा तोकेको छ। चैत ३० मा सरकारले प्रकाश अर्याललाई आइजीपिमा नियुक्त गरेपछि डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दिएका थिए।

  • भक्तपुरमा अहिलेसम्मको स्थिति यस्तो छ

    भक्तपुरमा अहिलेसम्मको स्थिति यस्तो छ सेतोपाटी संवाददाता, भक्तपुर, जेठ ४ -

    अहिलेसम्मको मतगणना अनुसार भक्तपुर नगरपालिकाको वडा नं १,२,३,४ र ५ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ। वडा नं. १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा र ४ मा कुमार चवाल, र ५ मा प्रेमगोपाल कर्माचार्यको प्यानल विजयी भएका हुन्।

  • रूकुमको मतगणना सकियो, माओवादी केन्द्र एक छत्र

    रूकुमको मतगणना सकियो, माओवादी केन्द्र एक छत्र रूकुम, जेठ ४ (सेतोपाटी) -

    माओवादीको पकड जिल्ला रूकुममा भएको स्थानीय तह निर्वाचनमा सबैमा माओवादी केन्द्रले जितेको छ। पहिलो चरणमा निर्वाचन भएका रूकुमका ६ वटा स्थानीय तहका सबै मेयर/अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको हो।

  • गाविस अध्यक्ष हुँदै दक्षिणकाली नगरपालिकाको पहिलो मेयर

    गाविस अध्यक्ष हुँदै दक्षिणकाली नगरपालिकाको पहिलो मेयर सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ४ -

    ०४८ सालको चुनावपछि निकै मेहनत गरेर उनले चारवटा वडाका जनतालाई जग्गाको लालपुर्जा दिलाएका थिए। ‘जग्गाविहीनहरुलाई लालपुर्जा दिलाएको थिएँ। अहिले पनि सम्झिँदा गौरव गर्न लायक काम गरेको रहेछु भन्ने लाग्छ,’ बस्नेतले भने, ’म यहाँका जनताको सुखदु:खमा साथ दिन पाउँदा खुसी हुन्छु।‘

  • कांग्रेस र एमाले 'नेक टु नेक'

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ४ -

    मतपरिणाम घोषणा हुने क्रमसँगै सुरुमा केही समय एमाले लगातार अग्रस्थानमा थियो भने कांग्रेसले उसलाई पछ्याइरहेको थियो। बीचमा दुवै दल बराबरीमा रहे। अहिलेको ताजा परिणामअनुसार १३८ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले ५६ स्थानमा विजयी भएको छ भने कांग्रेसले उसलाई झिनो अन्तरका साथ पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ५३ स्थानमा विजय हासिल गरेको छ।

  • दक्षिणकालीमा मध्यरात निस्कियो विजय जुलुस

    दक्षिणकालीमा मध्यरात निस्कियो विजय जुलुस सेतोपाटी संवाददाता, काठमाडौँ, जेठ ३  -

    काठमाडौँको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले जितेपछि अहिले त्यहाँ विजय जुलुस चलिरहेको छ। 

  • नेपालकै पहिलो महिला मेयर बनिन् कान्तिका

    नेपालकै पहिलो महिला मेयर बनिन् कान्तिका नवीन अर्याल , काठमाडौं, जेठ ३ (सेतोपाटी) -

    कान्तिका आफ्नो श्रीमानले जुम्लीहरुको जीवनशैली उकास्न देखेको सपना आफूले पूरा गर्ने बाटोतर्फ लाग्ने बताउँछिन्। ‘उहाँलाई म निकै मिस गरिरहेको छु। उहाँले जुम्लावासीको जीवनस्तर उकास्न देख्नु भएको सपना पुरा गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ उनले भनिन्।

  • कान्तिकाले रचिन् इतिहास

    कान्तिकाले रचिन् इतिहास जुम्ला, जेठ ३ (सेतोपाटी) -

    बुधबार राति सकिएको मत गणनामा कान्तिकाले  निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वारलाई ७११ लाई मत अन्तरले हराउँदै विजयी भएकी हुन्। कान्तिकाले २७७७ मत पाएकी छन्।

  • राजनीतिसँग विरक्तिएका युवाहरुले नयाँ दललाई भोट दिए: विद्यासुन्दर

    राजनीतिसँग विरक्तिएका युवाहरुले नयाँ दललाई भोट दिए: विद्यासुन्दर सेतोपाटी संवादाता, काठमाडौं, जेठ ३ -

    साझा र विवेकशीलको मत अपेक्षा गरेभन्दा धेरै आएको र बदर धेरै भएकाले आफूले सोचेजस्तो मत नआएको उनको विश्लषण छ। साझा र विवेकशीलको यति धेरै मत आउला भन्ने उनले सोचेका रहेनछन्। केही स्थानमा कांग्रेस उम्मेदवारभन्दा धेरै मत साझा र विवेकशीलले ल्याए पनि खास प्रतिस्पर्धा भने कांग्रेससँगै हुने उनको आँकलन छ।

  • काठमाडौं जिल्लाका पहिलो मेयर भन्छन्- भुइँचालोमा ढलेको सहर उठाउँछु

    काठमाडौं जिल्लाका पहिलो मेयर भन्छन्- भुइँचालोमा ढलेको सहर उठाउँछु शोभा शर्मा, काठमाडौं, जेठ ३ -

    शंखरापुर ऐतिहासिक सहर हो। शंखरापुरमै पर्ने साँखु ऐतिहासिक र धार्मिक हिसाबले परिचित सहर हो। काठमाडौँभन्दा पहिले यो सहर वैभवशाली भएका ऐतिहासिक प्रमाणहरु भेटिन्छन्। यस्तो ऐतिहासिक सहरको संरक्षणका लागि जनताले आफूलाई छानेको श्रेष्ठले बताए।

  • केपी ओलीका वडाध्यक्ष भन्छन्, ‘मतदानको दिन ओलीज्यूले मलाई आँखा तर्नुभएको थियो’

    केपी ओलीका वडाध्यक्ष भन्छन्, ‘मतदानको दिन ओलीज्यूले मलाई आँखा तर्नुभएको थियो’ सेतोपाटी संवाददाता, भक्तपुर, जेठ ३ -

    ‘केपी ओलीज्यूको वडा भए पनि जनताले मलाई विश्वास गरे,’ नवनिर्वाचित वडाध्यक्ष आचार्यले भने, ‘म जनताको विश्वास कम हुन दिन्नँ, जनतालाई खुसी राख्छु।’

  • हतियारसहित पक्राउ परेका कांग्रेस नेताको छोरालाई मुद्दा चलाउँदा धादिङका एसपी हेडक्वाटर तानिए

    हतियारसहित पक्राउ परेका कांग्रेस नेताको छोरालाई मुद्दा चलाउँदा धादिङका एसपी हेडक्वाटर तानिए प्रकाश ढुंंगाना, काठमाडौं, जेठ ३ -

    पक्राउ परेका कांग्रेस नेताका छोरालाई छोड्न नमानेपछि गृह मन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाको प्रहरी प्रमुख एसपी शरद खत्रीलाई हेडक्वाटर बोलाएको छ। गत वैशाख २९ गते प्रहरीले खनियाँबास गाउँपालिकाको अध्यक्षका उमेद्वार रणवहादुर तामाङको छोरा युललाई नछाडेकाे भन्दै खत्रीलाई हेडक्वाटर बोलाएको हाे ।

  • प्रमुख आयुक्त यादवले भने–२० वर्ष चुनाव नहुँदा चुप लाग्ने अनि मतपरिणामको लागि दश दिन कुर्न नसक्ने?

    प्रमुख आयुक्त यादवले भने–२० वर्ष चुनाव नहुँदा चुप लाग्ने अनि मतपरिणामको लागि दश दिन कुर्न नसक्ने? काठमाडौं, जेठ ३ (सेतोपाटी) -

    उनले भने,‘अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आँत्तिनु हुँदैन, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन दस दिन धैर्य गर्न नसकेका होलान्? मलाई त आश्चर्य लागेको छ।’ यादवले मतपरिणाम सार्वजनिक गर्नकोलागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए।

  • ललितपुर महानगरमा हच्किएको कांग्रेस, उत्साहित एमाले

    ललितपुर महानगरमा हच्किएको कांग्रेस, उत्साहित एमाले सेतोपाटी संवाददाता, ललितपुर, जेठ ३ -

    ‘मैले ठूलो मत अन्तरले जित्नेवाला थिएँ,’ भद्र स्वभाव अनि सरल व्यक्तित्वका चिरिबाबु भनिरहेका थिए, ‘तर, के गर्ने, पार्टीको केन्द्रीय नीतिले गर्दा देशभरि धक्का खाइरहेको कांग्रेसको असर मलाई पनि परिदियो।’ उनका अनुसार ललितपुरका सचेत मतदाताहरूको ढोकामा भोट माग्दै गएका बेला धेरैले ‘प्रधानन्यायाधीशलाई किन महाभियोग लगाएको?’ भनेर सोधेका थिए, जसको उत्तर उनले दिनै सकेनन्।

  • तालमेल गर्दा दंग, परिणाम आउदै गर्दा मोहभंग

    तालमेल गर्दा दंग, परिणाम आउदै गर्दा मोहभंग सन्जिब बगाले, काठमाडौं, जेठ ३ -

    यति थोरै मत गनेको आधारमा नै तालमेल गर्नु गलत थियो भनेर मुल्यांकन गर्न हतार हुने भएपनि राम्रो संकेत नदेखिएको नेकपा माओवादी केन्द्र चितवन संयोजक यमबहादुर परियारले सेतोपाटीलाई बताए। ‘अपेक्षा गरे अनुसारको कांग्रेसको मत पनि आएको भए सुरुदेखि नै रेणुले अग्रता लिनुपर्ने हो,’ उनले भने, ‘प्रारम्भिक परिणाम मात्रै आएकोले अझै आश बाँकी नै छ।’

  • मेयर/प्रमुख निर्वाचित भइसके, सपथ गर्ने कानुन नै छैन

    मेयर/प्रमुख निर्वाचित भइसके, सपथ गर्ने कानुन नै छैन रोहित खतिवडा, काठमाडौं, जेठ ३ -

    आयोगले गरेको नयाँ व्यवस्था अनुसार नगर प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एवम् वडाध्यक्षहरूको सपथ सम्बन्धित नगरपालिका वा गाउँपालिकाको निर्वाचन अधिकृतले गराउने छन्। वडा सदस्यहरूको सपथ भने सम्बन्धित नगरपालिकाको मेयर वा गाउँपालिकाको अध्यक्षले गराउँछन्। मगतणना सकिएर विजयी घोषित भएसँगै सपथ ग्रहण पनि गराउने आयुक्त दाहालले बताए।

  • यति तल खसेको कांग्रेसले चुनावमा एमालेलाई टक्कर दिएको देख्दा अचम्म लाग्छः ओली

    यति तल खसेको कांग्रेसले चुनावमा एमालेलाई टक्कर दिएको देख्दा अचम्म लाग्छः ओली सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ३ -

    मदन जीवराज आश्रित स्मति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, गर्नुजति नराम्रो काम कांग्रेसले गरेको छ तर चुनावी परिणाममा एमालेसँग टक्करमा आइरहेको छ। यो कुरा मैले बुझ्न सकेका छैन।

  • नयाँ पार्टीले यति धेरै भोट ल्याउलान् भन्ने मैले सोचेको थिइनँ: राजुराज जोशी

    नयाँ पार्टीले यति धेरै भोट ल्याउलान् भन्ने मैले सोचेको थिइनँ: राजुराज जोशी शोभा शर्मा, काठमाडौं, जेठ २ -

    काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसका उम्मेद्वार राजुबाबु जोशीले अहिको मत परिणाम प्रारम्भिक भएको भन्दै अन्तिम मत गणनामा आफूले जित्ने पक्का भएको दाबी गरेका छन्। मंगलबार सेतोपाटीसँग कुरा गर्दै उनले अहिलेसम्म मतगणना भएका वडा आफ्नो पार्टीको कम प्रभाव भएका ठाँउ भएको बताए। ‘शहरका भित्री बस्तीका मत गन्न थालेपछि मेरो जित सुनिश्चित हुन्छ,’ उनले भने।

  • नयाँ मेयरका लागि नयाँ भवन, टेबल कुर्सी र कार्पेट

    नयाँ मेयरका लागि नयाँ भवन, टेबल कुर्सी र कार्पेट अनिश रेग्मी , काठमाडौ, जेठ २ -

    चैतको दोस्रो साता स्थानीय निकाय निर्वाचनका लागि आचारसंहिता लागु भएपछि प्रायः सबै ठाउँका कर्मचारी चुनावमै सक्रिय देखिन्थे। तर, गोदाबारी नगरपालिकाका कर्मचारी भने आफ्नो क्षेत्रमा आउने जन–प्रतिनिधिको स्वागतका लागि केही नयाँ गर्न चाहन्थे।

  • कतिले रञ्जुको आँट देखेरै भोट दिनुभएको छ: उज्वल थापा

    कतिले रञ्जुको आँट देखेरै भोट दिनुभएको छ: उज्वल थापा सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २ -

    २१ वर्ष उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा भिडेकी रञ्जु दर्शनाको उम्मेदवारीलाई केहीले यहाँ गम्भीर रूपमा लिएका थिएनन्। जब उनी मतगणनामा परम्परागत राजनीतिक दलहरूको निम्ति कडा प्रतिद्वन्द्वीका रूपमा देखा परिन्, उनले पाउने नतिजालाई सबैले चासोका साथ हेरिरहेका छन्।

  • मतगणना किन ढिलो, कसरी छिटो बनाउने?

    मतगणना किन ढिलो, कसरी छिटो बनाउने? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २ -

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनालाई छिटो बनाउने उपायबारे छलफल थालेको छ। मतगणना एकदमै ढिलो भएको गुनासो धेरै आएपछि आयोगले छलफल थालेको हो। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतसँग छलफल गरेर जनशक्ति थप गर्न आयोग तयार रहेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

  • काठमाडौंका ७ नगरपालिकाको ताजा मत परिणाम

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २ -

    काठमाडौं महानगरपालिका वरपरका १० मध्ये ७ नगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ। सम्बन्धित मत अधिकृतहरूले दिएको सूचनाअनुसार ७ नगरपालिकामध्ये गोकर्णेश्वर, चन्द्रागिरी र टोखामा कांग्रेस अगाडि छ भने तारकेश्वर, बुढानिलकण्ठ, शंखरपुरा र दक्षिणकाली नगरपालिकामा एमाले अग्रस्थानमा छ।

  • विवेकशीलसँग मिलेको भए नतिजा अझ दह्रो हुने रहेछः रवीन्द्र मिश्र

    विवेकशीलसँग मिलेको भए नतिजा अझ दह्रो हुने रहेछः रवीन्द्र मिश्र सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २ -

    ‘हामी अहिले असाध्यै प्रारम्भिक चरणमा छौं, त्यसैले एकदमै बढी उत्साहित हुनु उचित नहोला,’ रवीन्द्र मिश्रले सोमबार मध्यरात टेलिफोनमा कुरा गर्दै सेतोपाटीसँग भने, ‘तर, अहिलेसम्मको नतिजाले नेपाली जनता सकारात्मक परिवर्तनका लागि साँच्चिकै कति व्यग्र रहेछन् भन्ने स्पष्ट भएको छ।’

  • समाजवादी फोरम र संघीय लिम्बूवान पार्टीबीच एकीकरण

    समाजवादी फोरम र संघीय लिम्बूवान पार्टीबीच एकीकरण सेतोपाटी संवादादाता, काठमाडौं जेठ १ -

    संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बूवान पार्टी नेपालबीच एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवानबीच सोमबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा पार्टी एकताको औपचारिक घोषणा भएको छ ।

  • काठमाडौंका १० नगरपालिकामध्ये काँग्रेस र एमालेको ५/५ मा अग्रता

    काठमाडौंका १० नगरपालिकामध्ये काँग्रेस र एमालेको ५/५ मा अग्रता सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ -

    काठमाडौं उपत्यकाका १० नगरपालिका मध्ये हालसम्मको गणनाअनुसार पाँच नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले र पाँचमा एमालेले अग्रता लिएको छ।

  • काठमाडौंमा १६० भोट गन्दा मेयरमा १२ र उपमेयरमा २१ प्रतिशतभन्दा बढी बदर*

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १ -

    उपमेयरमा राजनीतिक दलहरूको आपसी गठवन्धनले पनि मतदाता झुक्किएका छन्। काठमाडौंमा एमाले र राप्रपाले आपसी तालमेल गरेका छन्। जसअनुसार मेयरमा एमाले र उपमेयरमा राप्रपा उम्मेदवारलाई एकअर्काले समर्थन गरेका छन्। उपमेयरमा एमालेलाई जाने मत बदर हुन्छ।

  • मतगणना सुरु भएका तीन महानगरमा एमाले अगाडि, पछ्याउँदै कांग्रेस

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १ -

    मतगणना सुरु भएका तीन महानगरपालिकामा अहिलेसम्मको गणनाअनुसार तीनैवटामा नेकपा एमालेले अग्रता लिएको छ। पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा मतगणना सुरु भइसकेको छ। भरतपुरमा भने मतपत्र कसरी गन्ने भन्ने विषयमा विवाद भएपछि गणना सुरु हुन सकेको थिएन। यहाँ छिट्टै गणना सुरु हुँदैछ।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट