काठमाडौ- भक्तपुरको ६ लेन सडकखण्ड अन्तर्गत कौशलटारमा भएको सवारी दुर्घटनामा छोरीको मृत्यु भएको छ भने बाबुछोरा घाइते भएका छन्।
भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा १३ प ६५३६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट तीव्र गतिमा आएको ना२ख ७१०७ नम्बरको एलपी ट्रकले ठक्कर दिँदा सिन्धुपाल्चोक फुलपिङकट्टी गाविस वडा नं ९ की १६ वर्षीया सुशीला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक उनका बाबु शेरबहादुर खड्का र नौ वर्षका भाइ अरुण खड्का घाइते भएका छन्। घाइते हुने दुवैको भक्तपुर गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।