झापाको सतासीधाममा बिग्रिएर रोकी राखेको यात्रुबहाक बसमा ठोक्कीएर हिजो साँझ एक जना सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पश्चिम बाट तिब्रगतिमा पूर्व जादै गरेको को १४ प ९१९४ नम्बरको मोटर साईकलमा सवार झापा खुदुनावारी का शसस्त्र बेस क्याम्पमा कार्यरत हवल्दार पर्वत कार्कीको उपचारको क्रममा मृत्यु भएको हो।
महोत्तरी माईस्थान घर बाट वेस क्याम्प आउदै गरेका कार्की बिग्रीएर सडक किनारमा पार्कीङ्ग गरीएको मे १ ख १६०७ नम्बरको बस सँग ठोक्कीएका थिए। उनको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।