पाल्पाको हार्थोकमा मंगलबार भएको जिप दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ । काठमाण्डौबाट गुल्मीको इस्मातर्फ जादै गरेको वा ७ च ३३१८ नम्बरको टाटासुमो विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा दुर्घटना परेको थियो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले उल्लेख गरेको छ ।
दुर्घटनामा परि गुल्मी, इस्माका लता बिष्ट,आस्था जीसी, गुल्मी हस्तीचौरका ज्ञानबहादुर जीसी र रामबहादुर जीसी भएको प्रहरीले जनाएको छ । दुई जनाको घटना स्थलमै र दुई जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनामा परि घाइते चार जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय बासि र सेनाले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो ।