त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनाव निर्धारीत समयभन्दा एक साता अघि वा पछि सर्ने भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । निर्वाचनमा भाग लिने विद्ययार्थी शिक्षक सेवा आयोग र लोक सेवा आयोगको परिक्षामा लाग्नुपर्ने भएकोले मिति पर सार्न लागिएको त्रिविले जनाएको छ ।
यसअघि त्रिवि कार्याकारी परिषदले जेठ १३मा निर्वाचान गर्ने घोषणा गरेको थियो । परीक्षाको समयमा निर्वाचानमा जुट्नुपर्दा समस्या पर्ने भन्दै विद्ययार्थीले मिति सार्न त्रिविलाई आग्रह गरेका थिए ।
जेठ ९, १०, ११ गते शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तीका लागि लिखित परिक्षाको मिति तोकेको छ । लोक सेवाले पनि १३, १४, १५ गते परिक्षा मिति तोकेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख गंगाबहादुर थापाले भने,- 'जेठ १३ गते निर्वाचन हुन सक्दैन । त्यसमा एक साता अघि वा पछि सर्न सक्छ ।'