पुतलीसडकस्थित स्ट्यान्डर्ड सेभीङ एण्ड क्रेडिट को अपरेटीभले गंगालक्ष्मी र दीपा अर्याल जस्ता निक्षेपकर्ताको निक्षेप फिर्ता नदिएको ३ महिना वितीसकेको छ । यहि सहकारीका सञ्चालकहरु संग्लग्न रहेका अरु चार सहकारीमा निक्षेपको कुल एक अर्व भन्दा बढि निक्षेप जोखिममा परेको आजको कारोबार दैनिकमा खबर छ ।
स्ट्यान्डर्डका सञ्चालक खेमराज निरौला उनको परोक्ष संलग्नमा न्यूरोडको प्रभु को अपरेटिभ, कमलादीको चार्टर्ड को अपरेटीभ, महारजाजगञ्ज चक्रपथस्थित कुबेर को अपरेटीभ र जावालाखेलको स्टान्डर्ड मल्टीपप्रोज बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । ती को अपरेटीभहरुमा अहिले व्यवस्थापनका कर्मचारी भेटीदैनन् कार्यालय खुलेको छ । जहाँ तल्लो तहका एक दुइ कर्मचारी मात्र भेटीन्छन् । सहकारीले लगभग माघदेखि बचतकर्ताको पैसा फिर्ता दिएका छैनन । उक्त बचत तथा ऋण सहकारीहरुले समयमा निक्षेप फिर्ता तथा व्याज नदिदा निक्षेपकर्ता जोखीममा परेका हुन् ।
यि चार सहकारी संस्थामा एक अर्ब रुपैया भन्दा ढुलो निक्षेप रहेको बैक तथा वित्तिय संस्था निक्षेपकर्ता संघका पदमकुमार साहले बताए ।स्टान्डर्डमा १३ सय तथा कुबेर र प्रभुमा ५००को हाराहारीमा निक्षेपकर्ता रहेको अनुमान छ ।