एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति सुशील कोइराला आ-आफ्ना पार्टी कार्यक्रममा सहभागी हुन सोमवार नेपालगञ्ज हान्निदैँ थिए । दाहालसँग पार्टीले चार्टर गरेको तारा एयरको जहाज थियो भने कोइराला कुनै एयरलायन्सको पनि टिक नपाएर विहानैदेखि छट्पटिँदै थिए । अन्ततः केही नलागेपछि कोइरालाले दाहालसँग लिफ्ट मागे । दहालले पनि आफ्नो टोलीका सदस्यहरुलाई नै हटाएर कोइराला नेतृत्वको टोलीलाई लिफ्ट दिएर र सँगै नेपालगञ्ज उतारेको खबर आजको कान्तिपुरमा खबर छ ।
नेपालगञ्ज उत्रेलगत्तै दशालले पत्रकारहरुसँग भने,’उहाँ कोइराला को टिकट मिलेनछ, त्यसैले सँगै ल्यायौँ ।’ बुद्ध र यतीका काठमाण्डौँ नेपालगञ्जका नियमित उडान छन् । ती उडान छाडेर एमाओवादीले ताराको जहाट चार्टर गरेको थियो । कोइराला भने नियमित उडानबाटै आउन चाहेका थिए , तर टिकट पाउन सकेनन् ।
दाहाल बर्दियाको गुलपिरयामा क्षेत्रीयस्तरको पार्टी सभाका लागि आएका हुन् भने कोइराला गृह जिल्ला बाँकेको बिनौनामा इलाकास्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन गएका हुन् । स्रोतका अनुसार एमाओवादीले अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई,सहित १६ नेता कार्यकर्ता र सुरक्षागार्डका लागि जहाज चार्टर गरेको थियो । तर आआफ्ना तीन नेता कार्यकर्तालाई ओरालेर प्रचण्डले कोइराला, उनका निजी सचिव लक्ष्मण ढकाल र सुरक्षागार्ड सुवासलाई सिट मिलाएका थिए