बजार अनुगमनको जिम्मा लिए बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको आफ्नै चमेना गृहमा चिसो पेय पदार्थ अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढिमा विक्री भइरहेको पाइएको छ । कोक फेन्टा तथा स्प्राइट एमआरपी भन्दा बढि मूल्यमा विक्री भएपनि विभागका निरिक्षकले पत्तो पाएका छैनन । शुक्रबार फर्म दर्ता सम्बन्धी काम गर्नु पुगेका अनामनगरका रविन ढुड्ङ्गेलले विभागको क्यान्टिनमा २५ रुपैयाँ एमआरपी लेखिएको फेन्टाको ३० रुपैया तिरेको बताए । बोतलमा प्रस्ट रुपमा २५ रुपैया लेखिए फेन्टाको ३० रुपैया तिर्नुपर्यो विभागको क्यान्टिनमै एमआरपीको यस्तो लापर्वाहि छ भने अरुतिर कस्तो होला उनले प्रश्न गरे । आाको नयाँपत्रिकामा खबर छ ।