विशेष

Search news by date range:

  • पहिलो चरणको चुनावको मुख्य विजेता- माओवादी केन्द्र

    पहिलो चरणको चुनावको मुख्य विजेता- माओवादी केन्द्र अमित ढकाल -

    यो सन्देश माओवादी केन्द्रका लागि कम सुखद छैन। तेस्रो ठूलो दलमा कायम रहनेबित्तिकै माओवादी केन्द्र आगामी संसदीय चुनावपछि बन्ने सरकारको पनि 'किङ मेकर' हुनेछ। केही दिनअघिसम्म आउने स्थानीय र संसदीय चुनावपछि माओवादी पार्टी ‘पत्तासाफ’ हुने अड्कलबीच 'किङ मेकर’ का रुपमा स्थापित हुनेतर्फ अघि बढ्नु माओवादीका लागि सानो उपलब्धि हैन।

  • काठमाडौं महानगरका १० वटा वडामा नतिजा घोषित, एमाले-६, कांग्रेस-४

    काठमाडौं, जेठ ७ (सेतोपाटी) -

    काठमाडौं महानगरपालिकामा अहिलेसम्म १० वटा वडाको मतपरिणाम सार्वजनिक भएकोमा नेकपा एमालेले ६ वटामा जितेर अग्रता लिएको छ। नेपाली कांग्रेस चारवटा वडामा विजयी भएको छ।

  • काठमाडौंकै सबभन्दा ठूलो नगरपालिकाका मेयर

    काठमाडौंकै सबभन्दा ठूलो नगरपालिकाका मेयर शोभा शर्मा, काठमाडौं, जेठ ७ -

    ०३७ फागुन ११ गते गाउँकै एउटा खाली ठाउँमा उनीहरुले स्कुल खोले र पढाउन थाले। उनीहरु रुखमा ब्ल्याकबोर्ड झुन्ड्याउँथे र खुला आकाशमुनि कक्षा चलाउँथे। स्कुलको नाम थियो, चुनदेवी प्राथमिक विद्यालय। प्रधानध्यापक गिरी आफैं थिए। लगभग ३६ वर्ष चन्द्रागिरीको शिक्षा क्षेत्र विकासमा काम गरेका गिरी अन्य ठाउँमा स्कुल खोल्न परे पनि अघि सरिहाल्थे।

  • भरतपुर महानगरमा १६२४ मतले एमाले अगाडि

    काठमाडौं, जेठ ७ (सेतोपाटी) -

    भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धन र नेकपा एमालेबीचको मतअन्तर फराकिलो हुँदै गएको छ। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालको तुलनामा १६२४ मतअन्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्।

  • काठमाडौंमा एमाले उत्साही, कांग्रेस चिन्तित

    काठमाडौंमा एमाले उत्साही, कांग्रेस चिन्तित रोहित खतिवडा, काठमाडौं, जेठ ७ -

    काठमाडौं महानगरपालिकाका ३२ मध्ये ७ वटा वडाको मतगणना सकिँदा एमाले उत्साही हुँदै गएको छ।  नेपाली कांग्रेसमा भने चिन्ता र निराश थपिन थालेको छ।  एक लाख ९० हजार हाराहारी मत खसेको महानगरमा ७७ हजार भन्दा बढी मत गणना भइसकेको छ। यति मत गन्दा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य कांग्रेसका राजुराज जोशीभन्दा लगभग ७ हजार २ सय मतले अगाडि छन्।

  • वडाध्यक्षलाई दुःख दिने नीलकाजी अब आफैं वडाध्यक्ष

    वडाध्यक्षलाई दुःख दिने नीलकाजी अब आफैं वडाध्यक्ष गिरीश गिरी, काठमाडौं, जेठ ७ -

    २०४६ सालमा प्रजातन्त्र आएपछि जे कुरामा पनि खोँचे थापेर वडाध्यक्षलाई कामै गर्न नदिने पात्र अर्थात् मुख्य खलनायकका रूपमा नीलकाजी देखिएका थिए। त्यस किसिमका चरित्र असाध्यै बढी भएकाले त्यतिबेला काठमाडौं महानगरपालिकाले प्रायोजन गरेर बनाएको सन्देशमूलक टेलिफिल्म थियो त्यो। फोहर व्यवस्थापन गर्नै नदिने, सडक चौंडा पार्नै नदिने त्यस टेलिफिल्ममा अन्तिममा नीलकाजीकै घर आगलागी हुँदा दमकलसमेत पुग्न नपाएर ध्वस्त भएको हुन्छ।

  • जसले १०० भन्दा कम मतान्तरमा चुनाव जिते

    स्थानीय तह निर्वाचनमा अहिलेसम्म २६७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये २३ स्थानीय तहमा १०० मत भन्दा कम मतान्तरले उम्मेद्वार विजयी भएका छन्।

    हेर्नुहोस् को कहाँबाट विजयी भए?

  • दशौं आइपिएलको उपाधिका लागि आज मुम्बई र पूणे भिड्दै

    दशौं आइपिएलको उपाधिका लागि आज मुम्बई र पूणे भिड्दै हैदराबाद, जेठ ७ (एजेन्सी) -

    यो मामला धोनीकी पत्नी साक्षीले पनि प्रतिक्रिया जनाएकी थिइन्। उनले  इस्टाग्राममा लेखेकी थिइन्- चरा जब ज्यूँदो हुन्छ त्यतिबेला कमिला खान्छ तर जब चरा मर्छ कमिलाले त्यो चरालाई खान थाल्छन्। समय र परिस्थिति कुनैपनि बेला बदलिन सक्छ। कसैको पनि खिल्ली उडाउनु वा चोट पुर्याउनु हुँदैन।  धेरै विरोध भएपछि र धोनीले राम्रो खेल्न थालेपछि गोयन्काले ती दुबै ट्वीट डिलिट गरेका छन्। मुम्बईविरूद्ध  पाँच छक्का हानेर पूणेलाई फाइनलमा पुर्याएपछि गोयन्काले धोनीको तारिफ पनि गरेका थिए। 

  • काठमाडौं महानगरका सातवटा वडामा नतिजा घोषित, कांग्रेस ४, एमाले ३ मा विजयी

    सेतोपाटी संवाददाता, काठमाडौं, भदौ ७ -

    काठमाडौं महानगरपालिकामा अहिलेसम्म सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ, जसमध्ये नेपाली कांग्रेसले चारवटामा वडाध्यक्ष जितेर अग्रता लिएको छ भने नेकपा एमाले तीनवटा वडामा विजयी भएको छ।

  • फर्जि मत विवादले पोखराको मतगणना अन्यौलमै

    फर्जि मत विवादले पोखराको मतगणना अन्यौलमै सेतोपाटी संवाददाता, पोखरा, जेठ ७ -

     शनिबार दिउँसोदेखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरू हुन सकेको छैन। फर्जी मतको आरोप लगाउँदै पार्टीका प्रतिनिधिहरू बाहिरिएपछि शनिबार दिउँसो ४ बजेदेखि पोखरामा मतगणना हुन सकेको छैन। मतगणना सुरू गर्न पटक पटक बसेको सर्बदलीय बैठकमा समेत कुनै निष्कर्ष निस्किएन।

  • भाँडा बनाउँथे, अब सहर बनाउँछन्

    भाँडा बनाउँथे, अब सहर बनाउँछन् समुन्द्र राज घिमिरे, भक्तपुर, जेठ ६ -

    सुनील प्रजापतिकी पत्नी राधेश्वरी पन्तलाई स्पष्ट नेपाली बोल्न आउँदैन। बिहे गर्दासम्म क ख समेत नजान्ने उनले बिहेपछि प्रौढकक्षा पढिन्। अक्षर चिन्ने भइसकेपछि सुनीलले आफ्नो लाइब्रेरीबाट साहित्यका पुस्तक निकालेर श्रीमतीको अगाडि चाङ लगाइदिए। पार्टीको जस्तो कडा अनुशासनमा घरमै श्रीमतीलाई पढ्न लगाएछन्।

  • प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं–तराई फास्ट ट्रयाकको शिलान्यास गर्ने

    प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं–तराई फास्ट ट्रयाकको शिलान्यास  गर्ने रमेश लम्साल , काठमाडौं, जेठ ६ -

    उनले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आएका थिए। प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेका छन्।

  • चितवनको राप्तीमा मेयर बनिन् एमालेकी प्रभा बराल

    चितवनको राप्तीमा मेयर बनिन् एमालेकी प्रभा बराल सेतोपाटी, काठमाडौं जेठ ६ -

    चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बरालले जित हासिल गरेकी छन्। उनीसहित नेपालमा निर्वाचित हुने महिला मेयरको संख्या चार पुगेको छ। बप्रभाले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किरणभुषण ओलीलाई हराएकी हुन्। उपमेयरमा पनि एमालेकै इमानसिंह लामा बिजयी भएका छन्। 

  • कीर्तिपुर मेयरका बुवा भन्छन्– छोराले कसैको गाली खानु नपरोस्

    कीर्तिपुर मेयरका बुवा भन्छन्– छोराले कसैको गाली खानु नपरोस् समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ ६ -

    सबैसँग मिलनसार लाग्ने उनी घरमा श्रीमतीसँग पनि धेरै कुरा खोल्दा रहेनछन्। सँगै रहेकी श्रीमतीले गुनासो पोख्न भ्याइहालिन्, ‘मेयरमा उठ्छु भनेर उहाँले एकचोटि पनि भन्नुभएन।’ दोस्रो संविधानसभाको निर्वाचन बेला उनलाई कीर्तिपुर क्षेत्रबाट टिकट दिने चर्चा पनि चलेको रहेछ। तर, स्थानीय तहमा मेयर पदको टिकट दिने सर्तमा सम्झौता भएको पनि श्रीमतीले अन्तैबाट सुनेकी रहिछन्। रमेशले न उठ्ने कुरा सुनाए न त उठिसकेपछि सुनाए।

  • चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी कहाँ-कहाँ बाँकी छ हेर्नुहोस्

    काठमाडौं, जेठ ६ (सेतोपाटी) -

    वैशाख ३१ गते आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अहिलेसम्म २५७ स्थानीय तहको परिणाम आइसकेको छ। शनिबार बिहानसम्म उक्त परिणाम आइसकेको हो। अब चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी छ। काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरसहित हेटौंडा उपमहानगरको पनि मत परिणाम आउन बाँकी छ।

  • भरतपुरमा सर्वदलीय सहमति, मतगणना सुरू हुँदै

    भरतपुरमा सर्वदलीय सहमति, मतगणना सुरू हुँदै भरतपुर, जेठ ६ (सेतोपाटी) -

    भरतपुर महानगरपालिकाको गएरातिदेखि स्थगित मतगणना फेरि सुरू भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले सहमती गरेसँगै मतगणना सुरू हुन लागेको हो।

    ९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो।

  • निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार

    निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार चितवन, जेठ ५ -

    निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकामा कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन्। मत गणना सूचारू गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ ।

  • भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी

    भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी काठमाडौं, जेठ ५ (सेतोपाटी) -

    भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मतले विजयी भएका छन्। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार प्रजापतिले २५ हजार ५ सय ६८ मत ल्याएका छन्।

  • भरतपुरमा रेणु र देवीमध्ये कसले जित्ला?

    भरतपुरमा रेणु र देवीमध्ये कसले जित्ला? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ५ -

    एमालेलाई  १० देखि १४ वडाको मत गणनामा ज्ञवालीले दाहालसँगको मतान्तर निकै फराकिलो पार्ने र २१ देखि २९ वडासम्म पनि उनलाई राम्रै भोट आउने भएकाले उनले जित्ने आशा छ। कांग्रेस माओवादी गठबन्धन कांग्रेसले चुनाव जितेको ४ नम्बर क्षेत्रका वडामा रेणुले अग्रता लिने त्यसलाई कायम राख्नेमा आशावादी छन्। विस्तृतमा

     

  • श्रीमतीको पहिलोपटक भोट पाएका मेयर

    श्रीमतीको पहिलोपटक भोट पाएका मेयर समुन्द्र राज घिमिरे, फर्पिङ (काठमाडौं), जेठ ५ -

    ‘मलाई उहाँले जित्नुहुन्छ भन्ने विश्वास त थियो, तर आठवटा वडाको गन्दासम्म पछि परेको मान्छे कसरी जित्नुहुन्छ होलाजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘घरमा कोही नभएको बेला म पूजाकोठामा गएर भगवानसँग प्रार्थना गर्थें र डाँको छाडेर रुन्थेँ। दूध खान पालेको गाई र मेरो भाषा नमिले पनि गाईले मेरो कुरा बुझ्छजस्तो लाग्छ। म गाईसँग पनि रुन्थेँ।’

  • कुपण्डोलमा ४५ वर्षदेखि कहिल्यै नहारेका वडाध्यक्ष

    कुपण्डोलमा ४५ वर्षदेखि कहिल्यै नहारेका वडाध्यक्ष गिरीश गिरी, ललितपुर, जेठ ५ -

    उनले २०२९ सालको चुनावदेखि यो वडाको बागडोर कसैको हातमा जान दिएका छैनन्। उनी यहाँ कतिसम्म लोकप्रिय छन् भने जतिपटक उठे, लगभग आधाजसोमा त कसैले उनको विपक्षमा उभिने हिम्मतै गरेनन्। उनी निर्विरोध उम्मेदवार भएरै जिते। जब जब उनलाई कसैले चुनौती दिन खोजे, पछारिए। सुन्दा पनि दन्त्यकथाजस्तो लाग्ने यी चामत्कारिक व्यक्तिका के विशेषता होलान्? मानिस कसरी यस्तो अनवरत वडाध्यक्ष बन्दा रहेछन्?

  • सरकारले भन्यो- मन्त्रिपरिषदले हिंसात्मक घटनाका दोषीलाई माफी दिएको वा मुद्दा फिर्ता लिएको छैन

    सरकारले भन्यो- मन्त्रिपरिषदले हिंसात्मक घटनाका दोषीलाई माफी दिएको वा मुद्दा फिर्ता लिएको छैन काठमाडौं, जेठ ५ (सेतोपाटी) -

    सरकारले तराई आन्दोलनका क्रममा भएका आपराधिक घटनामा संग्लग्न व्यक्ति विरूद्धका मुद्दा फिर्ता लिने निर्णय नगरेको बताएको छ। ‘छापा तथा सामाजिक सन्जालमा सरकारले आन्दोलनका क्रममा भएका जघन्य अपराध सम्वन्धी मुद्दा फिर्ता लियो भन्ने हल्ला चल्यो, जुन गलत हो,’ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सेतोपाटीसँग भने, ‘त्यो नियोजित प्रचार हो। सरकारले त्यस प्रकारका कुनै मुद्दा फिर्ता लिने वा आम माफी दिने निर्णय गरेको छैन।’

  • मेयर पत्नी भन्छिन्- मिचेका सार्वजनिक जग्गामा पार्क बनाउन लगाउँछु

    मेयर पत्नी भन्छिन्- मिचेका सार्वजनिक जग्गामा पार्क बनाउन लगाउँछु शोभा शर्मा, काठमाडौं, जेठ ५ -

    पति मेयर भएपछि पूरा गर्नुपर्ने उनका केही माग रहेछन्। ‘अहिले त तिरो तिर्न गयो भने पनि पैसा नलिई काम गर्दैनन्, न छिटो काम हुन्छ, सरकारी काम पर्‍यो भने कति धेरै हैरानी बेहोर्नुपर्छ जनताले, सिटाँ जनताका मान्छे भए पो सबै समेट्न सक्थे अहिले त लथालिङ्गै छ,’ उनले आफ्ना पतितिर हेर्दै भनिन्, ’उहाँले जितेपछि यस्ता जनता पिर्ने काम बन्द हुनुपर्छ भनेकी छु मैले।’

  • गाविस अध्यक्ष बन्ने रहर थियो, मेयर भएँ

    गाविस अध्यक्ष बन्ने रहर थियो, मेयर भएँ रोहित खतिवडा, काठमाडौं, जेठ ५ -

    उनको परिवारमै राजनैतिक वातावरण थियो। उनीहरू गोंगबुका रैथाने रहेछन्, ८-९ पुस्ताले यहाँको हावामा सास फेरिसकेका। उनीहरू धादिङबाट यहाँ आएका हुन् रे, वंशावलीअनुसार। तर, कहिले हो कहिले, ८-९ पुस्ता पहिले। गोंगबु र वरपरको गाउँमा उनका हजुरबुवाको राम्रो प्रभाव थियो। हजुरबुवालाई सबैले बेनबहादुर कप्तान भनेर चिन्थे। उनी २०१७ देखि २०३० सालमा गाउँका प्रधानपञ्च थिए।

  • चार महानगर र एक उपमहानगरमा कहाँ कसको अग्रता, कति मत गनियो?

    चार महानगर र एक उपमहानगरमा कहाँ कसको अग्रता, कति मत गनियो? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ५ -

    स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैभन्दा चासोको रूपमा हेरिएका चार महानगर र एक उपमहानगरपालिकामा मतगणना जारी छ। सबै स्थानीय निकायमा करिब ३० प्रतिशतको हाराहारीमा मतगणना सकिएको छ।

  • सूचना दिने आधिकारिक निकाय नै सबैभन्दा सुस्त

    सूचना दिने आधिकारिक निकाय नै सबैभन्दा सुस्त सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ५ -

    मत गणना नै सुस्त भइरहेको भन्दै निर्वाचन आयोगले आलोचना भइरहँदा प्राप्त मत परिणामलाई आधिकारिक रुपले सार्वजनिक गर्न पनि ढिलाइ देखिन्छ। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली मत परिणाम सार्वजनिक गर्न ढिलाइ भएको स्वीकार्छन्।

  • यी हुन् अहिलेसम्म जितेका ३ महिला मेयर, ७ गाँउपालिका प्रमुख

    यी हुन् अहिलेसम्म जितेका ३ महिला मेयर, ७ गाँउपालिका प्रमुख सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ५ -

    स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म २३१ तहको नतिजा आइसकेको छ। यीमध्ये हालसम्म तीन नगरपालिका र छ गाउँपालिका गरी नौ स्थानीय तहमा १० महिला प्रमुख निर्वाचित भएका छन्।

  • स्थानीय निर्वाचनमा कुन पार्टीले कहाँ-कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची)

    स्थानीय निर्वाचनमा कुन पार्टीले कहाँ-कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची) सेतोपाटी संवादाता, काठमाडौं, जठ ४ -

    स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ।हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्।

  • ‘सोच्दैछु, मतदाताको गुन कसरी तिरौं’

    ‘सोच्दैछु, मतदाताको गुन कसरी तिरौं’ गिरीश गिरी, ठेँचो (ललितपुर), जेठ ४ -

    अन्तिममा गजेन्द्रलाई उनले राजनीति गरेको नेपाली कांग्रेसमा आजसम्मकै सबैभन्दा आदर्श नेता को हुन् भनेर सोध्यौं। ‘शेरबहादुर देउवा,’ उनको अनुहारमा सोझो भाव दौडिरहेको थियो र ढुक्कसँग भनिरहेका पनि थिए, ‘अरु त कांग्रेसमा आदर्श नेता को छ र?’

  • काठमाडौं जिल्लाका ८ नगरपालिकामध्ये कांग्रेस र एमालेको अग्रता ४/४ वटामा

    काठमाडौं, जेठ ४ (सेतोपाटी) -

    स्थानीय तह निर्वाचनको मतपरिणाम आउन बाँकि काठमाडौं जिल्लाका आठ नगरपालिकामध्ये काँग्रेस र एमालेको चार/चार वटामा अग्रता देखिएको छ। मतगणना अत्यन्त सुस्त गतिमा अगाडि बढिरहँदा काठमाडौं महानगर बाहेकका ८ नगरपालिकाहरुमा मतगणना जारी छ।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट